हमासका नेता याह्या सिनवारले गाजाका आतङ्क सुरुङहरू परित्याग गरी “महिलाको भेषमा” फिलिस्तिनीहरूबीच भेष बदलेर लुकिछिपी बसेको इजरायली गुप्तचर स्रोतहरूले हिजो राति जानकारी दिएको भनी बेलायतको डेली एक्सप्रेसले सोमबार एक रिपोर्टमा उल्लेख गरेको छ ।
सिनवारको खोजीमा संलग्न पूर्व शिन बेट सुरक्षा एजेन्सीका अधिकारी शालोम बेन हनानले बताए अनुसार सिनवार सुरुङहरूमा एक पटकमा २४ देखि ३६ घण्टाभन्दा बढी बस्ने गरेका थिएनन । उनी सुरुङ्ग बाहिर पनि कुनै एक स्थानमा लामो समय बस्ने सम्भावना नरहेको बताएका छन्।
इजरायली गुप्तचर स्रोतलाई उद्धृत गर्दै डेली एक्सप्रेसले पत्रिकाले भनेको छ कि अक्टोबर ७ को नरसंहारको योजनाकार यह्या सिनवारलाई थाहा छ कि इजरायली प्रविधिले सुरुङभित्रको गतिविधि पत्ता लगाउन सक्छ र कुनै पनि समय उनको हत्या गर्न सक्छ । “यस्तो प्राणघातक स्थितिबाट जोगिनका लागि चलायमान रहनु आवश्यक छ,” उक्त स्रोतले भनेको छ।
हालैका रिपोर्टहरूले सिनवारको बाहिरी संसारसँगको सम्पर्क सीमित भएको र अन्य हामास नेताहरूलाई पठाइने सन्देशहरू पनि विभिन्न माध्यम हुदै पहिलेभन्दा धेरै ढिलो पुग्ने गरेको बताएका छन्।
इजरायली सैन्य प्रमुखहरू विश्वास गर्छन् कि नयाँ आतङ्कवादी नेताको पक्राउ वा हत्या गर्दा हमासको राजनीतिक संरचनामा अन्तिम प्रहार हुनेछ, जसले यसलाई टुक्र्याएर समाप्त गर्न सक्छ।
सिनवार आफ्नो व्यक्तिगत सुरक्षाको बारेमा यति चिन्तित छन् कि उनले काइरोमा भएको नाजुक युद्धविराम वार्तामा नयाँ सर्त थप्न जोड दिए, जसले उनलाई इजरायलको प्रतिशोधबाट सुरक्षित राख्नुपर्ने बतायो।
“सिनवारले आफ्नो जीवन र सुरक्षाको सुनिश्चितता हुनुपर्ने कुरामा जोड दिएका छन्,” एक इजिप्टियन अधिकारीले भने।
र इजरायली फौजहरूले उनलाई कब्जा गर्न करिब “केही मिनेट” बाँकी रहेको अवस्थामा दश दिनअघि उनको गाजाको सुरुङमा छापा मारेका थिए।
“हामी नजिक थियौं। हामी उनको भूमिगत परिसरमा थियौं। कफी अझै तातो थियो,” इजरायली डिफेन्स फोर्सको ९८औं डिभिजनका बाहिरिने कमाण्डर ब्रिगेडियर जनरल डान गोल्डफसले भने।
त्यसयता ६१ वर्षीय सिनवार गाजामा विस्थापित फिलिस्तिनीहरूको भीडमा लुकेर बसेका छन्, जब इजरायली फौजले उनलाई पक्राउ गर्न हर तरहले कोसीस गरिरहेका छन् ।
हामी वास्तवमा एकपटक केही मिनटले मात्र टाढा थियौं, इजरायलको सुरक्षा एजेन्सी, शिन बेटको तीनवटा डिभिजनको नेतृत्व गरेका शालोम बेन हनानले भने, जो सिनवारको खोजीमा संलग्न थिए ।
“हामीले अरू कारवाहीका दौरान पत्ता लगायौं कि सिनवार सुरुङहरूमा वा विशेष भूमिगत क्षेत्रमा २४ देखि ३६ घण्टाभन्दा बढी समय बस्दैनन्।
“उनलाई थाहा छ कि हामीले उन्नत प्रविधिको प्रयोग गरेर त्यस्ता भूमिगत स्थानहरू पत्ता लगाउन सक्छौं। र उनले जान्दछन् कि कुनै गल्ती भएमा वा हामीले उनलाई कहाँ छ भनेर बताउने स्रोतहरू फेला पार्यौं भने, हामी उनलाई पक्रिनेछौं। त्यस्तो गल्तीको सामना गर्न नपर्ने गरी उनी लगातार सर्ने गर्छन्।
“त्यसकारण अब हामी प्रविधि र मानव गुप्तचर प्रयोग गरेर उनको खोजी गरिरहेका छौं र उनी पछिल्लो समय साधारण व्यक्तिहरूबीच महिलाको भेषमा लुकेका छन् भन्ने खबर प्राप्त भएको छ ” एक वरिष्ठ स्रोतले द सन्डे एक्सप्रेसलाई भने।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com