अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पद सम्हालेपछि आप्रवासन नीतिमा कडा कदम चाल्दै गैरकानुनी रूपमा बसेका आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाएका छन्।
पानामाको एक होटलमा करिब ३०० आप्रवासीहरूलाई हिरासतमा राखिएको छ, जसको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तस्बिरहरूमा ‘हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौं’ जस्ता सन्देश लेखिएका पोस्टर देखिन्छन्। होटल वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ।
अधिकारिहरूका अनुसार हिरासतमा रहेका ४० प्रतिशत आप्रवासीहरू स्वदेश फर्कन अस्वीकार गरिरहेका छन्। अमेरिकी सरकारले उनीहरूलाई स्वदेश फर्काउन नसक्दासम्म होटलमै राख्ने निर्णय गरेको छ।
यी ३०० आप्रवासीमध्ये भारत, नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका नागरिकहरू छन्। अमेरिका केही देशहरूसँगको निर्वासन प्रक्रियामा समस्याहरू सामना गरिरहेको बताइएको छ।
पानामाका सुरक्षा मन्त्री फ्रान्क एब्रेगो का अनुसार, यी आप्रवासीहरूलाई जबरजस्ती नियन्त्रणमा नराखिएको तर सुरक्षाका कारण हिरासतमा राखिएको हो। उनले आप्रवासन सम्झौता अन्तर्गत सबैलाई खाना, पानी र आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेको स्पष्ट पारे।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com