सागुई डेकेल-चेन, इयार होर्न र अलेक्जान्डर “साशा” ट्रुपानोभ हमासको बन्दी अवस्थाबाट ४९८ दिनपछि शनिबार इजरायल फर्किएका छन्। इजरायली रक्षा बल (IDF) ले उनीहरूलाई बन्धक-कैदी विनिमय सम्झौताको भागस्वरूप मुक्त गरिएको पुष्टि गर्दै अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि लगिएको जानकारी दियो ।
तीनजनालाई अक्टोबर ७ को आक्रमणका बेला किबुच निर ओजबाट अपहरण गरिएको थियो। उनीहरूलाई गाजा सीमाको नजिकै रहेको रिइम सैन्य स्वागत केन्द्रमा पुर्याइयो, जहाँ प्रारम्भिक स्वास्थ्य परीक्षणपछि हेलिकोप्टरमार्फत शेबा र सोरास्की अस्पताल लगियो।
इयार हर्नको परिवार खुशी भए तापनि अझै चिन्तित छन किनकि उनका भाइ इतान अझै हमासको कब्जामा छन्। “इयार गाजाको नर्कबाट बाँचेर त फर्किएको छ। अब हामीले इतानलाई पनि फर्काउन आवश्यक छ, ताकि हाम्रो परिवारले साँच्चिकै चैनको सास फेर्न सकोस ।
हमासको कब्जाबाट मुक्त भएका रसियन इजरायली नागरिक ट्रुपानोभको लागि भने स्वतन्त्रताको खुसीलाई एउटा दर्दनाक खबरले छायामा पार्यो। इजरायल फर्कने क्रममा उनलाई थाहा भयो कि उनका पिता, भिटाली ट्रुपानोभ, अक्टोबर ७ को आक्रमणमा हमासद्वारा मारिएका थिए। उनलाई हमासले दुवै खुट्टामा गोली हानेर दर्दनाक अवस्थामा अपहरण गरेका थिए सोही समयमा उनको बुबाको हत्या गरिएको थियो उनलाई उनका पिताको मृत्युबारे इजरायल फर्केपछि मात्र थाहा भयो ।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले मुक्त गरिएका बन्धकहरूलाई स्वागत गर्दै गाजामा अझै कैद रहेका सबैलाई फर्काउन निरन्तर प्रयास गर्ने प्रतिज्ञा गरेका छन्।
डेकेल-चेनले अपहरणपछि पहिलो पटक आफ्नी पत्नी अविताल र आमाबुबासँग रिइम स्वागत केन्द्रमा भेट गरे। त्यही क्रममा उनले आफू बन्धक अवस्थामा छोरी जन्मिएको खबर पाए। अपहरणमा परेपछि चार महिनापछि उनकी छोरी शाहार जन्मिएकी थिइन्, जसलाई उनले कहिल्यै भेटेका थिएनन्।
अवितालले छोरीको नाम उनलाई बताइन् र भनिन कि अपहरण हुनु अघि उनले रोजेको नाम नै राखिएको थियो।
“तिमीलाई याद छ, तिमीले के नाम राख्न चाहेका थियौ? यही नाम हो—शाहार मजाल,” अवितालले भनिन्।
“अहा कस्तो राम्रो नाम,” भावुक हुँदै डेकेल-चेनले प्रतिक्रिया दिए।
अस्पतालतर्फ जाँदै गर्दा उनले आफ्नी छोरीहरूलाई मार्मिक सन्देश पठाए: “बारी, गाली, शाहार—तिमीहरूलाई धन्यवाद, जसले मेरो प्रार्थना र प्रतीक्षा गर्यौ। तिमीहरुका बाबा बाटोमा आउदैछ ।”
उनकी पत्नी अविटलले लामो संघर्षपछि राहत महसुस गर्दै आफूलाई साथ दिने सबैलाई आभार व्यक्त गरिन्। “मैले सागुईलाई यति धेरै समय पर्खिरहेकी थिएँ, र उनी यो भयावह समय पार गर्न सक्षम भएकोमा म उनीप्रति गर्व गर्छु,” उनले इजरायली सञ्चारमाध्यमलाई भनिन्।
WATCH: Released hostage Sagui Dekel Chen reunites with his wife Avital and parents, and learns the name of his daughter who was born while he was in captivity. pic.twitter.com/74md9T0xDZ
— Ariel Oseran أريئل أوسيران (@ariel_oseran) February 15, 2025
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com