काठमाडौं – इजरायल र विद्रोही समूह हमासले १५ महिना लामो युद्ध समाप्त गर्दै आउँदो आइतबार, १९ जनवरीदेखि लागू हुने युद्धविराम सम्झौतामा सहमति गरेका छन् ।
यस सम्झौताबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेको छ भने यसलाई महत्वपूर्ण कदमको रूपमा लिएको छ। बीबीसीका अनुसार सम्झौतामा पूर्ण युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता, र हमासले राखेका सबै बन्दीहरूको रिहाइ सुनिश्चित गरिएको छ।
राष्ट्रपति बाइडेनका अनुसार पहिलो चरणमा प्यालेस्टाइनी नागरिकहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराउने, घर फिर्ता गर्ने, र गाजापट्टीमा थप मानवीय सहायता पु¥याउन अनुमति दिने प्रावधान रहेका छन्।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो, जसमा १,२०० जनाको मृत्यु भएको र २५१ जनालाई अपहरण गरी गाजा लगिएको बताइएको छ। हमासले यो आक्रमणले गाजामा इजरायली सैनिकहरूबाट ठूलो हमला निम्त्याएको र त्यस क्रममा ४६ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको दाबी गरेको छ।
इजरायलले हाल ९४ जना बन्दी अझै हमासको नियन्त्रणमा रहेको बताउँदै तीमध्ये ३४ जनालाई मृत मानिएको जनाएको छ।
यो युद्धविरामले इजरायल-प्यालेस्टाइन क्षेत्रका लागि शान्ति स्थापनाको आशा जगाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com