नेपाल इजरायल डट कम | जेरुसलेम इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहूले लेबनानमा खटिएका शान्तिसेना (UNIFIL) लाई सो क्षेत्रबाट हटाउन संयुक्त राष्ट्र संघका महासचिवलाई आग्रह गरेका छन । उनले भने, “तिनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट हटाइएन भने उनीहरू र इजरायली सैनिकहरूको जीवन जोखिममा पार्नु हो। म संयुक्त राष्ट्र संघका महासचिवलाई सीधै अपिल गर्छु: तपाईंले UNIFIL सैनिकहरूलाई हटाउन अस्वीकार गर्दा उनीहरूलाई हिजबोल्लाहले मानव ढालका रुपमा प्रयोग गर्ने निश्चित छ ।
नेतन्याहूले आफ्नो वक्तव्य यसो भन्दै सुरु गरे, “हामी अहिले एक वर्षअघि जबरजस्ती थोपरेको कठिन युद्धलाई सम्झिरहेका छौं – इरानको दुष्ट शक्तिले इजरायललाई समाप्त पार्ने उदेश्यका साथ गरेको विद्रोह । हामी सधैं हाम्रो भविष्य सुरक्षित राख्न दृढ छौं, र हाम्रा शत्रुहरूलाई हराउन प्रतिबद्ध छौं। लेबनानमा – हामीले आतंकवादी तत्वका प्रमुख नसरल्लाह र उनका उच्च तहका नेताहरूलाई समाप्त गर्यौं। हाम्रा वीर सैनिकहरूले हिजबोल्लाहका आतंकवादी सुरुङहरू, हतियार केन्द्रहरू नष्ट गरिरहेका छन्। उनीहरू इजरायलका उत्तरी क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रूपमा घर फर्काउन कडा युद्ध गरिरहेका छन्। हामी लेबनानी जनतासँग लडिरहेका छैनौं, हामी इरान परिचालित आतंकवादी शक्ति – हिजबोल्लाहसँग लडिरहेका छौं, जसले लेबनानमाथि कब्जा गरेको छ।”
יש לי מסר ברור למזכ״ל האו״ם >> pic.twitter.com/rzRwHnXOTh
— Benjamin Netanyahu – בנימין נתניהו (@netanyahu) October 13, 2024
नेतन्याहूले संयुक्त राष्ट्र महासचिव एन्तोनियो गुटेरेसलाई सम्बोधन गर्दै थपे, ” अब समय आइसकेको छ कि शान्ति सेना UNIFILलाई हिजबोल्लाहका किल्लाहरू र युद्ध क्षेत्रहरूबाट तुरुन्त हटाउनुपर्छ। इजरायली सेनाले बारम्बार यो अनुरोध गरेको छ, तर निरन्तर अस्वीकृत भएको छ। यो अस्वीकृति स्पष्ट रूपमा हिजबोल्लाहका आतंककारीहरूलाई मानव कवच दिनका लागि गरिएको भनेर हामीले बुझेका छौं । ”
प्रधानमन्त्रीले UNIFILका सैनिकहरूलाई चोटपटक लागिरहेको कुरा स्वीकार गरे र माफी माग्दै भने, “हामी शान्ति सेनाहरुमा भएको क्षतिमा दुखी छौं र यस्तो क्षति रोक्न हामीले सकेजति सबै कोसिस गरिरहेका छौं। तर यसलाई रोक्ने सरल र आवश्यक तरिका भनेको उनीहरूलाई युद्धग्रस्त खतरा क्षेत्रबाट हटाउनु हो।”
उनले थपे, “दुर्भाग्यवश, केही युरोपेली नेताहरू गलत स्थानमा दबाब दिइरहेका छन्। इजरायललाई आलोचना गर्नुको सट्टा – उनीहरूले हिजबोल्लाहलाई आलोचना गर्नुपर्छ, जसले लेबनानमा रहेका शान्ति सेनालाई मानव कवचको रूपमा प्रयोग गर्छन। ”
गाजामा चलिरहेको युद्धबारे उनले भने, “हामी गाजाको गहिराइमा पुगेर अपरेसन गरिरहेका छौं ताकि हमासलाई नष्ट गर्न र हाम्रा बन्धकहरूलाई मुक्त गराउन सकियोस्। हामीले सधैं हाम्रा १०१ जना बन्धकहरू मनमा राखेर हिडेका छौं, जीवित हौउन या मृत… उनीहरूलाई घर फर्काउन हामी सक्दो प्रयास गर्नेछौं । ”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com