इजरायलको उत्तरी क्षेत्रको किबुत्ज यिरोनमा हिजबोल्लाहले प्रहार गरेको एन्टी ट्यांक मिसाइल आक्रमणबाट एकजनाको घटनास्थलमै निधन भएको छ । मगेन डेविड आदोम एम्बुलेन्स सेवाले बताए अनुसार मारिने २७ वर्षीय विदेशी कामदार भएको बुझिएको छ । उनी थाईल्याण्डबाट इजरायलमा काम गर्न आएका थिए
सो आक्रमणमा परी अर्को एक व्यक्ति पनि शख्त घाइते भएको खबर छ।
इजरायली सुरक्षा बलका अनुसार विहान लेबनानबाट एकै साथ २५ वटा रकेट प्रहार गरिएको अवस्थामा सो घटना घटेको हो अधिकांश रकेटहरु रोकिएका थिए ।
लेबनानबाट इजरायलतर्फ प्रक्षेपण गरिएका दुईवटा मानव रहित हवाई वाहनहरू पनि रोकिएका छन, IDF का अनुसार थप UAV हरू इजरायली भूमिमा प्रवेश गर्न पाएनन, जसकारण कुनै सायरन सक्रिय भएन ।
इजरायलको अर्को शहर आशकेलोनमा पनि ड्रोनहरु इजरायलको हवाई क्षेत्रमा प्रवेश गरेका थिए, IDF ले ती मानवरहित विमानहरु पनि खसालेको बताएको छ । ती ड्रोनहरु इराकी या हुथी मिलिसियाले पठाएका हुन सक्ने बताइएको छ । यता एकर र वरपरको क्षेत्रमा लगभग २० वटा रकेट लेबनानबाट प्रहार भएपछि रोकथाम गरिएको IDF ले बताएको छ । इजरायलमा बिहान देखि रकेट आक्रमण तीव्र भएको छ । स्रोतका अनुसार केही रकेटहरू रोकथाम गरिएका थिए भने अन्य खुला क्षेत्रमा खसेका थिए।
किर्यात शमोना तर्फ एक छुट्टै प्रक्षेपणमा अर्को एउटा रकेट प्रहार गरिएको थियो, र त्यो खुल्ला क्षेत्रमा खसेको सैन्य स्रोतले बताएको छ।
इजरायलको उत्तरका बासिन्दाहरूलाई घरभित्रै बस्न निर्देशन, केही स्थानमा आतंकवादी घुसपैठको शंका
इजरायलको उत्तरी क्षेत्रका केही समुदायका बासिन्दाहरूलाई आतंकवादी घुसपैठको आशंका गरिको हुँदा घरभित्रै बस्न निर्देशन दिइएको छ। यो आदेश रहानिया, केरम बेन जिम्रा, डाल्टन र कडिटाका बासिन्दाहरूमा लागू गरिएको छ।
सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतंककारीको खोजी गरिरहेका छन्, र अहिलेसम्म कुनै असाधारण कुरा भेटिएको छैन भनेर इजरायली अनलाइन पत्रिका YNET ले बताएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com