चम्किला चट्टानका गुफामा परेका न्यानो घामका किरण र त्यहाँबाट देखिन भूमध्ये सागरका दृश्य निकै रमणीय छन् । इजरायल र लेबनानको सीमामा रहेका गुफाबाट देखिने भूमध्ये सागरको दृश्य जति शान्त छ त्यसको विपरीत त्यहाँ युद्धको खतरा लुकेको छ ।
किनार नजिकै नौसेना हातहतियार सहित तैनाथ छन् । मध्यपूर्वको प्रख्यात पर्यटकीय गन्तव्य अहिले सेना र बख्तरबन्द गाडीले भरिएका छन् ।
दुश्मनका गतिविधि निगरानीका साथै सम्भावित खतरा टार्नका निम्ति सीमा क्षेत्रको जंगलमा इजरायली रक्षा बल (आईडीएफ ) तैनाथ छ । उनीहरु ७ अक्टोबर देखिनै त्यहाँ छन् ।
प्राकृतिक रुपमा शान्त र मनोरम देखिने त्यस इलाकामा भीषण युद्धको सम्भावना छ । इजरायल र इरान समर्थित लेबनानको शसस्त्र समुह हिज्जबुल्लाहबीच युद्धको सम्भावना बढेको हो ।
हिज्बुल्लाहको बलियो पकड भएको बेरुतमा इजरायलको ड्रोन हमलाबाट हमासका वरिष्ठ नेता सलेह-अल अरोउरी सहित अन्य कमाण्डर मारिएसँगै युद्धको संकट निम्तिन लागेको हो ।
इजरायली ड्रोनको यो हमलासँगै हिज्बुल्लाहले चेतावनी दिएको । ‘यो हत्याको दण्ड हामी दिनेनै छौं, हाम्रा औंलाहरु बन्दुकका ट्रिगरमा छन्,’ चेतावनीबारे द इकोनोमिस्टले लेखको छ ।
यस हमला अगावै युरोपेली अधिकारीहरुले हिज्बुल्लाह र इजरायलबीच छिट्टै युद्ध हुने संकेत गरेका थिए । इजरायल ड्रोनको आक्रमण भएसँगै इरानमा १०० जनाको ज्यान जानेगरी हमला भयो । यो घटनामा अमेरिका र इजरायल दोषी रहेको इरानले बताएको छ ।
हमासको हमलापछि सम्पूर्ण शक्ति प्यालेस्टाइनतर्फ तैनाथ हुँदा हमासको बलियो सहयोगी हिज्जबुल्लाहबाट इजरायलमा हमला हुनसक्ने चुनौतीका कारण इजरायली सेना उत्तरी इलाकामा बाक्लो रुपमा परिचालित थिए ।
इजरायलका रक्षा मन्त्री योएभ जलान्ट हिज्बुल्लाहमाथि हमला गर्नुपर्ने पक्षमा थिए । अक्टोबर ११ मा व्यावहारिक र सन्तुलित नेता बेनी जन्ट सरकारमा आएसँगै यो योजनाबाट इजरायल पछि हटेको थियो ।
इजरायललाई समर्थन गर्दै आएको अमेरिकाले पनि हिज्बुल्लाहलाई हमला नगर्न भन्यो र लेबननको सीमा क्षेत्रमा हवाइ सेना पठायो । १८ अक्टोबरमा इजरायल पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले हिज्बुल्लाह सहित अन्यलाई चेतावनी दिँदै भनेका थिए, ‘इजरालयमाथि कुनै पनि राज्य वा सशस्त्र समुहले हमला नचिताए हुन्छ ।’
हिज्बुल्लाहले इजरायल केन्द्रित क्षेप्यास्त्र हानिरहेको छ । हिज्बुल्लाह र इजरायल दुबैले अहिले सीमा क्षेत्रमा हमला गरिरहेका छन् ।
हिज्बुल्लाह र इजरायलको आमने सामने निकै पुरानो हो । हिज्बुल्लाह र इजरायलको गतिविधि सुरु भएसँगै लेबनान सीमाका धेरैले त्यस इलाका छोडिसेका छन् ।
इजरायलको स्लोमी र क्रियत सोमना भुतको शहरझैँ भइसके । अक्टोबरदेखि हालसम्म त्यसक्षेत्रमा हिज्बुल्लाहले १४६ लडाकु र इजरायलले १५ सेना गुमाएको छ । लेबनानका ३ पत्रकारले पनि ज्यान गुमाएका छन् ।
सन् २००६ मा हिज्बुल्लाहले सीमा पारिनै पुगेर इजरायली सेनाको गस्ती टोलीमाथि हमला गरेको थियो । हिज्बुल्लाहले इजरायली ५ सैनिकको ज्यान लियो । यसलगत्तै इजरायली सेनाले लेबननमा स्थल अपरेशन चलायो । त्यसमा हिज्बुल्लाहलाई खासै असर परेन । लेबननका निहत्था नागरिक र संरचना भने ध्वस्त भए ।
हिज्बुल्लाहले आफूलाई प्रतिरोधीका रुपमा व्याख्या गर्छ । उसले १ लाख ५० हजार युनिट क्षेप्यास्त्र बनाइसकेको छ । यी मध्ये केही सय त इजरायलको जुनसुकै कुनामा हमलाका लागि सक्षम छ । आफूसँग एक लाख लडाकु रहेको उसको दाबी छ ।
इजरायललाई युद्ध अन्त्यका निम्ति चौतर्फी दबाब छ । यद्यपि हमासको हमलापछि वरिष्ठ सैन्य अधिकारीहरु भने सीमामै अर्को खतरा लामो समयसम्म राख्न नहुने तर्क गरिरहेका छन् । हिज्बुल्लाहले आफ्नो सैन्य बललाई इजरायलमा हमलाका लागि तालिम दिएकाले उनीहरुलाई निमिट्यान्न पार्नुपर्ने कतिपय सैन्य अधिकारीहरुको जोड छ ।
इजरायली सेनाका प्रवक्ताको भनाइ उद्दृत गर्दै द इकोनोमिस्टले लेखेको छ, ‘हामी अहिले रक्षा पंक्तिमा रहे पनि इजरायल अहिले युद्धमै छ । हाम्रा नागरिकहरु शान्तसँगले घर फर्किन नपाउन्जेलसम्म र हिज्बुल्लाहलाइ सीमा नजिकै रहिरहन दिएसम्म हाम्रो अभियानले सफलता पाउँदैनन् ।’
पश्चिमा अधिकारीहरुका अनुसार गाजामा हमला जारी राखेर इजरायलले दोस्रो मोर्चामा आक्रमण गर्न चाहेको छ । त्यसैले उसले गाजाबाट ठूलो मात्रामा सेना फिर्ता बोलाएको छ । इजरायलीहरु हिज्बुल्लाहविरुद्ध कुनै पनि समयमा आक्रामक हुनसक्छन् ।
यद्यपि यस युद्ध दुबैका निम्ति हितकर भने छैन । इजरायल यसै पनि आलोचित भइरेहछ ।
हिज्बुल्लाहलाई पनि सन् २००६ को गहिरो चोटले अझै त्रस्त बनाइरहन्छ । इजरायलविरुद्ध इरानले आफ्ना निकटहरुलाइ परिचालन गरिरहेको आरोप लागिरहेको छ । सशस्त्र समुहले इजरायल लक्षित गर्दै सरिया र यमनबाट समेत क्षेप्यास्त्र हानेका छन् ।
इराकमा पनि ती समुहले अमेरिकी सेनामाथि हमला गरेका छन् । अर्कोतर्फ रेड सीमा हुथी समुहले अववरोध खडा गरिरहेको छ । हुथीले रेड सीमा आक्रम सुरु गरेसँगै अमेरिकी २००० सेना त्यसतर्फ तैनाथ छन् । यही मौका छोपेर आफूमाथि हिज्बुल्लाहको आक्रमण हुने र त्यसलाई प्रतिरोध गर्न कठिन हुने त्रासमा इजरायल छ ।
मध्यस्थकर्ताहरुले हिज्बुल्लाहलाई सीमा क्षेत्रबाट अझै पर राख्न खोजिरहेका छन् । सन् २००६ को युद्ध अन्त्यका लागि राष्ट्रसंघको प्रस्ताव १७०१ अनुसार हिज्बुल्लाहलाई लिटानी नदीको उत्तरी क्षेत्रमा राख्नेगरी मध्यस्थकर्ताहरुले कुराकानी गरिरहेका हुन् । तर लेबनान र राष्ट्रसंघीय शान्ति सेना दुबैले त्यस प्रस्तावको पालना गराउन सकिरहेका छैनन् ।
इजरायलले हिज्बुल्लाहले हमलाको लक्ष्य राखेकाले सीमा क्षेत्रमा सुरुङ बनाएको आरोप लगाएको छ । सन् २०१८ मा इजरायलले सीमा क्षेत्रमा ६ वटा सुरुङ पत्ता लगाएकोत थियो ।
यस्तै उसले नागरिका घरहरुमा रकेट लन्चर राखेको आरोप इजरायलको छ । राजनीतिक रुपमा त्यहाँ वार्ता गर्न संभव छैन । सन् २०२२ देखि त्यहाँ कामचलाउ सरकार छ ।
सन् २०२२ अक्टोबरमा इजरायल र लेबननले व्यापारका निम्ति सामुन्द्रिक सीमा तय गरेका थिए । दुबै पक्षका नेताहरुले आक्रोश ओकलेपनि व्यवहारिक रुपमा उनीहरु सतर्क भने छन् ।
इजरायलमा लामो समय प्रधानमन्त्री बनेका बिन्यामित नेतान्याहुले सीमा पार आक्रमण नगर्न लामो समय संयमता नै अपनाएका थिए । यस्तै ३ दशकबढी हिज्बुल्लाहका नेता रहेका हसन नसरल्लाह पनि सकभर युद्ध टार्ने मनसायमै छन् ।
– इकोनोमिस्टमा प्रकाशित लेखको भावानुवाद
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
Our online portal serves as the heartbeat of the Nepali community in Israel. We don’t just deliver news—we share the stories of lives lived far from home, celebrate contributions, and spotlight the experiences and activities that make OUR COMMUNITY vibrant and strong..
Write us your story
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायलhttps://nepalisrael.com/author/niadmin
- नेपाल इजरायलhttps://nepalisrael.com/author/niadmin
- नेपाल इजरायलhttps://nepalisrael.com/author/niadmin
- नेपाल इजरायलhttps://nepalisrael.com/author/niadmin