पछिल्लो समय नेपाली युवा ईजरायल रोजगारीका विषयमा निकै जिज्ञासु बनेका छन्। सामाजिक सञ्जालदेखि दैनिक संवादमा सबैभन्दा धेरै उठ्ने प्रश्न हो — “ईजरायलमा कियरगिभरबाहेक अरू क्षेत्रमा पनि नेपाली कामदार जान पाउने छन् त?”
यस समाचारमा हामी तपाईंको जिज्ञासाको जवाफ अनुभवी एक नेपाली कामदारको अनुभवका आधारमा प्रस्तुत गर्दैछौं, जसले स्पष्ट पार्दै भनेका छन् — “म नेपाल सरकारको प्रतिनिधि होइन, तर एक असल नेपालीको हैसियतमा सत्य र यथार्थ जानकारी मात्र दिन चाहन्छु।”
ईजरायल सरकारले विभिन्न क्षेत्रमा नेपाली कामदार ल्याउने इच्छा व्यक्त गरे तापनि हालसम्म नेपाल सरकारबाट कियरगिभरबाहेकका क्षेत्रमा पठाउने स्वीकृति दिइएको छैन।
मुख्य कारण:
-
२०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको निधन
-
१ जना नेपाली विद्यार्थी बिपिन जोशी अझै हराइरहेका छन्
-
इजरायल–हमास युद्ध अझै जारी छ
युद्ध र असुरक्षित अवस्था रहेका कारण नेपाल सरकारले आफ्नो नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै अन्य क्षेत्रमा हाललाई रोजगारी प्रक्रिया रोकिएको हो। ईजरायलस्थित नेपाली कामदार भन्छन्, “ईजरायल सरकार चाहन्छ नेपालीहरू अन्य क्षेत्रमा पनि आउन्, तर नेपाल सरकारले सुरक्षा सुनिश्चित नभएसम्म कोटा खुल्ने छैन। युद्ध अन्त्यपछि मात्रै नयाँ प्रक्रिया अगाडि बढ्ने सम्भावना छ।”
हाल कियरगिभर क्षेत्रमा G to G (सरकार–सरकार) सम्झौतामार्फत प्रक्रिया अगाडि बढेको छ।
-
पहिलो लटमा ३७० जना नेपाली पास भइसकेका छन्
-
दोस्रो लटमा अझै १,००० जना जति प्रक्रिया सम्पन्न गर्न बाँकी छन्
यी सबै कामदार इजरायल पुग्न कम्तीमा १–१.५ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ। यो प्रक्रियाले नयाँ कियरगिभर कोटा खोल्ने सम्भावना तत्काल नदेखिएको संकेत गर्दछ। ईजरायलमा रोजगारीको अवसर अझै बाँकी नै छ, तर समय र परिस्थितिको पर्खाइ आवश्यक छ। नेपाल सरकारले सुरक्षालाई पहिलो प्राथमिकता दिइरहेको छ। त्यसैले सबै इच्छुक नेपाली कामदारहरूले धैर्य गर्नुपर्ने अवस्था अहिलेको यथार्थ हो।
नेपालको उदयपुर स्थायी ठेगाना भएको माया घले अहिले इजरायलमा कार्यरत हुनुहुन्छ ।