गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (NRNA NCC) इजरायल तथा श्रमिक अधिकारको पक्षमा काम गर्दै आएको संस्था Kavla Oved को संयुक्त पहलमा आगामी मे २८, २०२५, बुधबार का दिन नेपाली कामदारहरूका हक, अधिकार, नियम र कानुनी जानकारीका विषयमा केन्द्रित भर्चुअल कार्यक्रम “Know Your Rights” आयोजना गरिने भएको छ।
कार्यक्रम साझको ७ बजे (इजरायली समय अनुसार) Zoom भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।
कार्यक्रमको उद्देश्य इजरायलमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कामदारसँग सम्बन्धित नियम, कानुन, र अधिकारबारे जानकारी दिनुका साथै उनीहरूका जिज्ञासाहरू सम्बोधन गर्नु हो।
कार्यक्रममा सहभागी हुन इच्छुक नेपाली कामदारहरूलाई Google Form मार्फत आफ्ना प्रश्नहरू वा जिज्ञासाहरू पठाउन आयोजक पक्षले अनुरोध गरेको छ। सहभागीहरूले समयमै फारम भरिसक्नुका साथै तोकिएको समयमा उपस्थित भई कार्यक्रमको पूर्ण लाभ लिन सक्नेछन्।
कार्यक्रमका सन्देशदाताका अनुसार, “विदेशी भूमिमा काम गर्दा नेपाली कामदारहरूले आफ्नो हक–अधिकारबारे जान्न पाउनु अत्यावश्यक छ। यस कार्यक्रममार्फत उनीहरूलाई आवश्यक कानुनी जानकारी उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो।”
कार्यक्रमका महासचिव अलि महम्मद मियाँद्वारा हस्ताक्षरित विज्ञाप्तिमा (एनआरएनए–एनसीसी इजरायल) ले सबै नेपाली कामदारहरूलाई यो अवसर सदुपयोग गर्न र सक्रिय रुपमा सहभागिता जनाउन हार्दिक अनुरोध गरेका छन्।
कार्यक्रम विवरण:
📅 मिति: मे २८, २०२५ (बुधबार)
🕖 समय: साझको ठिक ७:०० बजे (इजरायलको समय अनुसार)
📍 स्थान: Zoom भर्चुअल माध्यम (लिङ्क सहभागीहरूलाई छुट्टै दिइनेछ)
📝 जिज्ञासा बुझाउन Google Form अनिवार्य
जिज्ञासाको लागि यहाँ क्लिक गरेर गुगल फर्म भर्नुहोला
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com