साँझको निलो आकाशमा टाँसिएको चन्द्रमा
त्यो जुन, मलाई तिमी सम्झाउने गर्छ।
तिमी शान्त, उज्यालो, टाढा भएर पनि
हरेक रात सपनामा आइपुग्ने छायाँ।
र, त्यो जुनकिरी?
सानो, न्यानो उज्यालो बोकेर अँध्यारो भित्र
टिलिक्क टिलिक्क चम्किने
जुनकिरी ,तिमी भित्रको नमिठो याद,
जुन अँध्यारो रातमा पनि आशाको झिल्को झल्काइरहन्छ।
म कहिलेकाहीँ सोच्दछु ,के तिमी जुन हौ?
उचाल्न नसकिने, टाढा टाँसिएको, तर मुटुभरि बस्ने?
वा, तिमी ती जुनकिरी हौ
साथ दिन आउने, अँध्यारोमा चम्किने,
तर बिहानको उज्यालो देख्न नपाउँदै हराउने?
जुन हेर्दा मनभरि तिमी आउँछ्यौ,
तर जुनकिरीले सम्झाउँछ
तिमी एकपल्ट टल्कियौ, र त्यसपछि हरायौ।
यस्तो लाग्छ
म जूनजस्तै स्थिर भएर तिमीलाई हेरेँ, तर
तिमी जुनकिरी भएर एक छिन बल्यौ, अनि हरायौ।
तर तिमी भुल न त
जुन सधैँ आकाशमा रहन्छ,
र जुनकिरी जति हराए पनि, रात फेरि आउँछ
र फेरि टल्किन्छ एउटा सानो उज्यालो
सपना भएर, तिमी भएर।
भरत के सी,
वीर शेवा
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झिमरुक गाउँपालिका ७ प्युठान स्थायी ठेगाना भएका भरत केसी देशप्रेम र समाजसेवामा रुचि राख्छन । हाल इजरायलको बिरशेवामा कार्यरत केसी साहित्य र समसामयिक विषयमा कलम चलाउँछन ।
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat