तेल अभिव, इजरायल । नेपाली कला, संस्कृति, मौलिकता र आपसी सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलले “तीज उत्सव तथा दरखाने कार्यक्रम २०८३” आयोजना गर्ने भएको छ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज को अवसरमा आयोजना हुन लागेको यस विशेष कार्यक्रममा नेपाली कला–संस्कृतिको संरक्षणसँगै मानवीय सेवा र सामाजिक विकासलाई समेत प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकार रमेश राज भट्टराई, आस्था राउत र सुरक्षा सेन्चुरी ले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। साथै इजरायलमा रहेका स्थानीय नेपाली कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रम १३ सेप्टेम्बर २०२६ (आइतबार), अर्थात् दरखाने दिन, ZOA हल, तेल अभिव मा बेलुकी ८:०० बजेदेखि सुरु हुनेछ। प्रवेश शुल्क प्रति व्यक्ति १५० सेकेल निर्धारण गरिएको छ।
आयोजकका अनुसार सेप्टेम्बर ५ भित्र १० जनाको समूहमा टिकट बुकिङ गर्ने समूहलाई १ जनाको प्रवेश शुल्क निःशुल्क गरिने विशेष व्यवस्था गरिएको छ। साथै सहभागीहरूमध्ये गोला प्रथामार्फत पाँच जना भाग्यशाली विजेतालाई आकर्षक पर्यटकीय स्थलको एकदिने निःशुल्क भ्रमण गर्ने अवसर समेत प्रदान गरिनेछ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका महासचिव चित्र बहादुर कार्की ले इजरायलमा कार्यरत सम्पूर्ण नेपाली भाषी दिदीबहिनी तथा दाजुभाइलाई कार्यक्रममा उपस्थित भई नेपाली संस्कृति, मौलिकता र आपसी सद्भावलाई अझ सुदृढ बनाउन आग्रह गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























