विदेशिएका नेपालीहरू आज संसारका कुनाकाप्चामा पुगेर पनि आफ्नो पसिना र परिश्रमले नेपालको नाम राखिरहेका छन्। हामी इजरायलदेखि कोरिया, खाडी मुलुकदेखि अमेरिका–युरोपसम्म जहाँ जहाँ नेपाली पुगे, त्यहाँको धर्तीमा उनले आफ्नो सपना मात्रै होइन, नेपाललाई पनि बोकेर पुगे।
हिजो र आज पनि नेपाली बाहादुरी र इमान्दारीता मा पहिलो छौं तर दुःखको कुरा, कतिपय नेपालीहरू विदेशमा पुगेर पनि पार्टीगत राजनीतिमा रुमल्लिन थाल्दा दू:ख लाग्छ।
नेपाली समाज विगत केही दशकदेखि राजनीतिक दल र नेतामुखी बनेको छ। देशमा हुँदा पार्टी र दलका झण्डा बोकेका हातले विदेश पुगेपछि पनि त्यही झण्डा बोकेर हिँड्न थालेका छन्।
विदेशमा समेत नेपालीहरू आपसमा दलका नाममा गुटबन्दी गर्छन्, अर्को नेपालीलाई हेर्दा पहिले उनी कुन पार्टीको भनेर सोध्ने गर्छन्। यस्तो प्रवृत्तिले विदेशमा बस्ने नेपालीहरूबीचको एकता र सद्भावमा धक्का पुग्न थालेको छ।
स्मरण रहोस् हामी सबैमा, विदेशमा हामी पहिला नेपाली हौं। हामीलाई बाहिरी संसारले हेर्दा पार्टीगत होइन, नेपाली भनेर चिन्ने गर्छन्। देशको पहिचान गर्छ न कि ऊ कांग्रेस कि एमाले कि माओवादी होइन , ऊ नेपाली हो भनेर चिन्छ। त्यसैले विदेशमा हामीले राजनीतिक झगडा होइन, आपसी सहकार्य र सद्भावको मिसाल दिनुपर्छ।
नेपालको राजनीति सुधार्नु छ भने, देशमै फर्केर आफ्नो अधिकार माग्न सकिन्छ। तर विदेशमा नेपालीहरूको सबैभन्दा ठूलो जिम्मेवारी भनेको देशको इज्जत राख्नु र नेपालीपन जोगाउनु हो जस्तो लाग्छ। विदेशमा राजनीति होइन, एक अर्काप्रतिको सहयोग र भाईचारा चाहिन्छ।
विदेशमा रहेका सबै नेपालीले एउटा कुरा याद राख्नुपर्छ,पहिला हामी नेपाली हौं। त्यसपछि मात्रै राजनीतिक कार्यकर्ता। आफ्नो पार्टीको झण्डा भन्दा ठूलो हाम्रो राष्ट्रिय झण्डा हो। त्यसैले विदेशमा राजनीतिक दल होइन, मनमा नेपाल बसालौं ।
नेपालको माटो र नेपाली जनताको पहिचान जोगाउन सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्छ। पार्टीहरू स्वदेशका लागि राखौं, विदेशमा नेपालीपन बाँडौं।
जय चन्द्र सूर्य
जय देश 🇳🇵 जय नेपाल 🙏🏻
✍🏻 भरत के सी, बिरशेवा, इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झिमरुक गाउँपालिका ७ प्युठान स्थायी ठेगाना भएका भरत केसी देशप्रेम र समाजसेवामा रुचि राख्छन । हाल इजरायलको बिरशेवामा कार्यरत केसी साहित्य र समसामयिक विषयमा कलम चलाउँछन ।
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat