इरान र इजरायलको युद्ध एउटा यस्तो त्रास हो जसले केवल दुई देश होइन, सम्पूर्ण विश्वलाई तनावमा राखेको छ। एकातिर आधुनिक प्रविधिले भरिएको इजरायल, अर्कोतिर क्रान्तिकारी भावना र धार्मिक कट्टरता बोकेको इरान। यी दुई शक्तिबिचको द्वन्द्वले निर्दोष नागरिकहरूको जीवनलाई लथालिङ्ग पारेको छ। मिसाइल आक्रमण, साइबर हमला, र कूटनीतिक घेराबन्दी यी सबै घटनाले मानवता माथि प्रश्न उठाइरहेका छन्।
युद्ध भनेको केवल हातहतियारको टकराब होइन, त्यो त मानव विवेक र संवेदनाको परीक्षा हो। युद्धले आकाश रङ्गाउँछ रगतले। अनि म, त्यही आकाशमुनि एउटा नेपाली नागरिक, यो देशमा काम गरिरहेको छु। हुन त म युद्धको अग्निमा प्रत्यक्ष होमिएको छैन, तर सास लिँदा पनि डर लाग्छ कि हावासँग मिसिएर बारुदको गन्ध आउँछ। मोबाइलमा आउने सन्देशहरू, साइरनको आवाज, र बङ्करको अँध्यारोले मनमा डर, निराशा र अस्तित्वको प्रश्नहरू जन्माउँछ।
त्यसै बेला, मेरो मन नेपाल फर्कन्छ।
त्यो मेरो माटो, मेरो गाउँ,मेरो घर, मेरो देश,जहाँ शान्तिको आकाङ्क्षा थियो। तर त्यहाँ त अर्को युद्ध चलिरहेको छ…..भ्रष्टाचारको ।
नेपालमा न गोली चल्छ, न मिसाइल खस्छ, तर देश दिन प्रतिदिन खोक्रो बन्दै छ। सरकारको बेवास्ता, भ्रष्ट्राचारी सरकारमा,नीतिगत दुबिधा ,अनि सत्ताको खेलमा जनताका सपना सधैँ बलिको बोका बनिरहेका छन्।
कहिलेकाहीँ लाग्छ, म आफैँ पनि यही सिस्टमको हिस्सा हुँ। मौन रहेर, सहेर, केही नगरेर। म परिवर्तन चाहन्छु तर म आफैँ परिवर्तन हुँ भन्ने आँट कहिले आउँछ म मा?
रोजगारीको अभावले म जस्ता हजारौँ लाखौँ , हामी विदेशी भूमिमा पसिना बगाइरहेका छौँ, तर त्यसबाट कमाएको पैसा देश फर्काउँदा त्यहाँका नेताहरूको भुँडी फुलाउँछ, जनताको जीवन होइन।
भ्रष्टाचार त्यस्तो चरा हो, जसले देशका हरेक अङ्गमा गुँड बनाएको छ—सरकार,शिक्षा, स्वास्थ्य, न्यायपालिका, प्रहरी, निर्माण …..कहाँ छैन भ्रष्ट्राचार को गुँड?
यो युद्ध पनि हामीले हारेकै छौँ, किनकि यो युद्धको शत्रु देखिँदैन, सुन्दैन तर जसरी गाईबस्तुले चपाउँछ , त्यसरी नै यसले पनि देशलाई चपाइरहेको हुन्छ।
म युद्ध र भ्रष्टाचारको बिचमा उभिएको एउटा साधारण मान्छे। एउटा शान्ति खोज्दै हिँडेको नागरिक। युद्ध क्षेत्रबाट भागेर आएको होइन, आफ्नो परिवारलाई पाल्न र सपनालाई जोगाउन आएको हुँ। तर यहाँ युद्ध छ, त्यहाँ भ्रष्टाचार। म बाँचिरहेको छु, तर के साँच्चै बाँचिरहेको छु?
कहिलेकाहीँ लाग्छ, म आफैँ पनि यही सिस्टमको हिस्सा हुँ। मौन रहेर, सहेर, केही नगरेर। म परिवर्तन चाहन्छु तर म आफैँ परिवर्तन हुँ भन्ने आँट कहिले आउँछ म मा?
भरत के सी
वीर शेवा, इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat
- भरत केसीhttps://nepalisrael.com/nepalisrael/author/bharat