समयको यो कठोर र थकाइ लाग्दो दौडमा हामी कहाँ आइपुग्यौँ? कहिले हामी ती चिटिक्क परेका, धुलोमा खेल्दै, निस्फिक्री हाँस्ने नानीबाट आज बोझ बोकेका र चिन्ताले थिचिएका मान्छे भयौँ, थाहै भएन। जीवनले जब-जब थिच्दै लग्छ, मन भित्र कता कता एउटा मीठो इच्छा बल्झिन्छ । खै किन! काश! फेरि त्यही बाल्यकालमा फर्किन पाए।
बाल्यकाल त्यो जिन्दगीको सबैभन्दा सरल र सुन्दर समय थियो। जहाँ न भविष्यको डर थियो न विगतको पछुतो। जहाँ असल,बिठ्याइँ… न खोटको कुनै मापदण्ड थिएन। जहाँ खुशी सस्तो थियो र सपनाहरु निःशुल्क थिए। आजको जस्तो हरेक कुराको हिसाबकिताब नभएको त्यो निर्दोष समय कस्तो न्यानो र मीठो थियो!
आज हामी ठुला भयौँ, शिक्षित भयौँ, बुझ्ने भयौ, आफ्नो आँगन छोड्न सक्ने भयौँ दुनियाँले बुझ्ने भाषामा “सफल” भयौँ। तर के त्यही सफलता हो, जसको लागि हामीले आफ्नो त्यो निर्दोषता, त्यो न्यानोपन साट्यौँ? के त्यो बच्चा जसले पौडी खेलेर भए पनि खोला तर्न सिकेको थियो, आज यो भीडमा हराइसकेको जस्तो लाग्दै छ। माकुराको जालो भन्दा पनि ठुलो जालहरूमा।
हामीले मान्छेहरूलाई आफ्ना होइन, प्रतिस्पर्धी बनाउन सिक्यौँ। हामीले मनलाई आफ्ना होइन, साधन बनाउन सिक्यौँ। अनि जीवनलाई खुसीको होइन, दौडको रूपमा लिन सिक्यौँ। यही कारण हो, जब-जब एक्लो महसुस हुन्छ, जब-जब सास फेर्दा पनि भारी महसुस हुन्छ — हामी फेरि त्यो बालापन सम्झन्छौँ।
त्यही धुलाम्मे आँगन सम्झन्छौँ। आमा–बाबाको अँगालो सम्झन्छौँ। साथीहरूसँगको उन्मुक्त हाँसो सम्झन्छौँ। अनि भन्छौँ — “काश! फेरि त्यही बाल्यकालमा फर्किनु पाए।”
शायद अब फर्कन सकिन्न। समय कहिल्यै पछाडि फर्किँदैन।
✍🏻 भरत के सी
हाल- बिरशेवा इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झिमरुक गाउँपालिका ७ प्युठान स्थायी ठेगाना भएका भरत केसी देशप्रेम र समाजसेवामा रुचि राख्छन । हाल इजरायलको बिरशेवामा कार्यरत केसी साहित्य र समसामयिक विषयमा कलम चलाउँछन ।
- भरत केसी
- भरत केसी
- भरत केसी
- भरत केसी
- भरत केसी










































