पाँचथर — मन्त्रीलाई खोयाको माला ?
झट्ट सुन्दा अचम्म लागे पनि स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लगाइएका ती मालाहरु हस्तकलाका निकै सुन्दर उदाहरण थिए ।
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका भ्रमणमा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई शनिबार गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले विशेष रूपमा स्वागत गरे। उनले मन्त्री पौडेलको सम्मानमा स्थानीय स्तरमै उत्पादन गरिएको मकैका खोयाबाट निर्मित परम्परागत माला लगाइदिए।
त्यस अवसरमा गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले मकैकै खोस्टाबाट कुशलतापूर्वक तयार पारिएको फूलगुच्छा मन्त्री पौडेललाई हस्तान्तरण गरे। त्यस्तै, गाउँपालिकाका कर्मचारीहरूले पनि स्वागत समारोहलाई थप विशेष बनाउन मन्त्री पौडेललाई मकैको खोस्टाबाट बनेका ब्याच (टोकन) प्रदान गरे। स्थानीय स्रोतसाधनको उपयोग गर्दै गरिएको यस्तो अभिनव स्वागतले मौलिकता झल्काएको थियो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com