काठमाडौं । प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले विदेशमा काम गरिरहेका नेपाली श्रमिकलाई आपतकालीन समयमा सहयोग गर्न एक करोड रुपैयाँको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” स्थापना गरेको छ।
गत बर्ष नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा बसेको मञ्चको पन्ध्रौँ बैठकले कोष स्थापना गर्न कार्यविधि बनाउने निर्णय गर्दै एक समिति गठन गरेको थियो। नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चको दोस्रो अन्तरास्ट्रिय कमिटी बैठक मलेसियामा हुँदा उक्त प्रस्ताव पारित भएको थियो ।
प्रवासी नेपाली मञ्च मलेसियाको मुख्य प्रस्ताव सहितको माग पूर्वी एशिया महादेशीय कमिटी हुँदै अन्तरास्ट्रिय रुपमै उठाइएको मुल मुद्दा थियो । श्रमिक राहत कोष (एक करोड रुपैयाँ) बराबरको बनाइएको प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले जानकारी दिए । मंगलबार कुमारी बैंकमा एक करोड रुपैयाँको कोष स्थापना गरिएको हो।
एक वर्षको तयारीपछि अध्यक्ष सञ्जय थापाको हस्ताक्षरमा कोष स्थापना गरिएको हो। मञ्चले भविष्यमा यो कोष १० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ। श्रमिक राहत कोष स्थापना भएसंगै विभिन्न देशहरुमा रहेका मन्चका प्रतिनिधिहरुले खुसि व्यक्त गरेका छन।
अध्यक्ष थापाले प्रवासी नेपाली मञ्च आपतकालीन अवस्थामा श्रमिकको साथमा रहेको सन्देश दिन कोष स्थापना गरिएको बताए। उनले भने, “विदेशमा समस्या परेका नेपाली श्रमिकलाई तत्काल सहयोग गर्न सकियोस भन्ने उद्देश्यले कोष बनाइएको हो। यो हाम्रो ठुलो सपना थियो, जुन आज पूरा भएको छ।”
थापा हाल अमेरिकाबाट नेपाल आएका छन्। प्रवासी नेपाली मञ्चले गत वर्ष मलेसियामा बसेको बैठकमा कोष स्थापना गर्ने निर्णय गरेको थियो। बैठकले मलेसिया र मध्यपूर्वमा काम गरिरहेका नेपाली श्रमिकलाई परेका समस्यामा सहयोग पुर्याउने उद्देश्यले यो कोष बनाउने सहमति गरेको थियो।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले यो अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com