यो ए आइ जेनेरेटेड सामाग्री हो,उच्चारण तथा विवरणहरु अन्यथा हुन गएमा त्यसै अनुसार बुझिदिनु हुन अनुरोध गर्दछौं ।
नेपाल इजरायल डट कम / इजरायलमा यस वर्ष २५६९ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय वैशाख पूर्णिमा दिवस (International Day of Vesak) भव्य रूपमा मनाइने भएको छ।
नेपाली राजदूतावास इजरायलको आयोजनामा यहि मे १२, २०२५ सोमबारका दिन साँझ हर्चेलिया स्थित HaMeginim – 38, Herzliya Pituach मा विशेष कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रम नेपाली राजदूतावासको मुख्य आयोजनामा, गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद इजरायल र नेपाल आदिवासी जनजाति महासंघ इजरायलको संयोजनमा, इजरायलमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरुको सह–आयोजनामा सम्पन्न हुने छ।
इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपालीभाषीहरूलाई कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरिएको छ।
बुद्ध जयन्तीको अवसरमा भगवान बुद्धको पूजा, आराधना, प्रवचन तथा बौद्ध शिक्षा र महिमाको आदान–प्रदान गरिनेछ। नेपाली दूतावासका अनुसार, आपसी सद्भाव, भातृत्व र शान्तिको सन्देश फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
बुद्ध जयन्ती विशेष दिन हो, जुन वैशाख शुक्ल पूर्णिमाको दिन मनाइन्छ। यही दिन भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्वाण भएको मानिन्छ, जुन मानव इतिहासमा दुर्लभ संयोग हो।
कार्यक्रममा सहभागी हुन चाहने इच्छुक महानुभावहरूले मे ९, शुक्रबार राति १२ बजेभित्र आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ।
सम्पर्क व्यक्तिहरू:
१. श्रीकृष्ण भण्डारी – अध्यक्ष, एनआरएनए इजरायल
फोन: 0586871258
२. मनु श्रेष्ठ – अध्यक्ष, नेफिन इजरायल
फोन: 0549015616
३. अलि महम्मद मियाँ – महासचिव, एनआरएनए इजरायल
फोन: 0509249393
४. खुसि क्ल्हे तमुस्यो – महासचिव, नेफिन इजरायल
फोन: 0587381863
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com