शिवराज खड्का
पर्यटक भिषामा इजरायल आएका धेरै नेपाली हाल कामदारका रूपमा छन्। हमास र इजरायलबीच युद्ध चर्किएका बेला कामदार अभाव भएको थियो। इजरायल सरकारले त्यही बेला पर्यटक भिसाका व्यक्तिलाई वर्किङ भिसाको अवसर दिएको थियो।
नेपालीहरू भारत, श्रीलंका, थाइल्यान्ड, लगायत मुलुक हुँदै पर्यटक भिसामा इजरायल आएका थिए। त्यसरी आएका तीन सय हाराहारी नेपाली अहिले कृषि क्षेत्रमा कार्यरत छन्। यस्ता धेरैजसो नेपालीले निकै राम्रो अवसर पाएका छन्।
पर्यटक भिषामा इजरायल आएका नेपालीहरूले पहिलो पटक वर्किङ भिसाको अवसर पाएका हुन्। उनीहरूको हैसियत वैधानिक छ।
इजरायलमा स्वदेशी र आप्रवासी बीच तलब-सुविधामा भेदभाव छैन। सामान्यतया एक जना नेपालीले मासिक दुई लाख ५० हजार रूपैयाँसम्म कमाइ गर्न सक्छ।
इजरायलमा भारत, बंगलादेश, फिलिपिन्स लगायत थुप्रै मुलुकका कामदार छन्। नेपाली कामदार इजरायली रोजगारदाताको रोजाइमा पर्छन्। नेपाली कामदार मेहनती र इमानदार हुन्छन् भन्ने उनीहरूको विश्वास छ।
यही विश्वासका कारण नेपालीहरूले केयरगिभर काममा बढी अवसर पाउँछन्। केयरगिभर काम संवेदनशील मानिन्छ। कृषि र अन्य क्षेत्रमा पनि नेपालीका लागि राम्रो अवसर छ।
नेपाल सरकारले केयरगिभरमा मात्र कामदार पठाउने सम्झौता गरेको छ। हामीले नेपाल सरकारलाई अन्य क्षेत्रमा पनि पठाउने गरी सम्झौता गर्न झक्झक्याइरहेका छौं तर सरकारले धेरै चासो दिएको छैन।
नेपालले केयरगिभर जस्तै कृषि र अन्य क्षेत्रमा कामदार पठाउन सम्झौता गर्न सक्छ।
एउटा खास समयमा पर्यटक भिसामा इजरायल आएका नेपालीले कृषिमा काम गर्ने अवसर पाए तर अहिले त्यस्तो अवसर छैन। यसमा इजरायल सरकारले रोक लगाइसकेको छ। सरकारले सम्झौता गरेर कामदार भिसामै पठाउँदा नेपालीलाई फाइदा हुन्छ।
इजरायलमा युद्ध चर्केको समयमा पनि सुरक्षामा धेरै डराउनुपर्ने अवस्था थिएन। यहाँ नेपाली वा अन्य जुनसुकै मुलुकका कामदारका लागि पनि जोखिम थिएन। इजरायली नागरिकले पाउने बराबरको सुरक्षा आप्रवासीले पनि पाउँछन्।
यही कारणले युद्धकै समयमा पनि नेपालीहरू आए। कामदारको संकट परेका कारण पर्यटक भिसामा आएकाले पनि रोजगारीको अवसर पाए।
पर्यटक भिसामा आएर वैधानिक हैसियतमा रहेर काम गरेको भए पनि नेपाल फर्किन झन्झटिलो प्रावधान झेल्नुपर्छ। यसमा सहजीकरणका लागि नेपाल सरकारले छिटोभन्दा छिटो अनलाइन श्रम स्वीकृतिको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
विभिन्न संस्थामा आवद्ध रही सामजिक कार्यमा रुची राख्ने शिवराज खड्का हाल इजरायलको जेरुसलेममा केयरगिभरको रुपमा कार्यरत छन ।
- This author does not have any more posts.