खेमराज जम्मर कट्टेल
दर खान पाइएन, माइती जान पाइएन, सासू रिसाउँछिन्, बुढाले घाँटी थिच्यो, तिजको रहर…. भन्ने परम्परागत पीडा पोख्ने र खुसी साट्ने तिजका गीतहरू अब तिमीले नाच नाच भनेर होच्यायौ. बॉयफ्रेन्ड छ, राँगाको जस्तो माया, पिरतीको पोको कसैले नि छैन छोको… जस्ता संवादले भरिएका दृश्य गीतमा रूपान्तरण हुँदै छन्। तिजको मूल मर्मबाट टाढिँदै यिनले अब स्त्री शक्ति वा सामाजिक सचेतनालाई भन्दा पनि क्लिक, भ्यू, शेयर र कमेन्टको बजारमा बिक्री हुने सामग्री उत्पादन गर्न थालेका छन्।
के यो परिवर्तन हो ? कि पहिचानको आत्महत्या ! तिज पर्वको नाममा भड्किलोपन, अश्लिल संवाद, सामाजिक विकृति र पारिवारिक विघटन झल्काउने गीतहरू जब लाखौँ युवाले टिकटक, रिलहरूमा दोहोर्याएर अभिनय गर्छन्, भिड्यो बनाउँछन् त्यो समाजको चेतना स्तर मापन गर्ने ऐना हो।
तिज पहिले माइतीको माया, नारीका भावना, संस्कार र पारिवारिक सम्बन्धमा आधारित पर्व थियो। गीतहरू पनि सोही अनुरूप लोक धुन र लोककथा झल्काउने हुन्थे। तर अहिलेको तिज बजार भने कम्पोजर, गायक वा मोडलको प्रतिभा होइन, पैसा लगाएर भाइरल हुने भिडन्त हो। सङ्गीत बजारमा यतिसम्म प्रतिस्पर्धा छ कि, अब कसको गीत कति चल्छ भन्ने हिसाब पनि नाङ्गो संवाद, उत्तेजक अभिनय र नचाहिने अभिव्यक्ति स्वतन्त्रता बाट मापन हुन थालेको छ।
तिज जस्तो पवित्र पर्वका नाममा उत्पादन गरिएका कतिपय भिडियोहरू हेर्न लाज लाग्छ। कतिपय गीतले यस्तो भाषा र दृश्य प्रयोग गरेका छन् कि घरपरिवारसँग बसेर हेर्न सम्भव नै छैन। यो अब केवल धार्मिक वा सांस्कृतिक कुरा मात्र रहेन, समाज शास्त्रीय चिन्ताको विषय बनिसकेको छ।
ती गीतहरू तिजको हो कि कुनै प्रेम प्रसङ्गको ? ती भिडियो लोकनृत्य हो कि कुनै छाडा नाच ? यस्तो भ्रामकता अहिले सामान्य जस्तै भएको छ। विशेष गरी सामाजिक सञ्जालले यस्तो कन्टेन्टलाई प्रश्रय दिनाले पनि कलाकारिताभन्दा अश्लीलता, सन्देशभन्दा दृश्य र मर्यादाभन्दा हल्ला बढ्दो छ।
पछिल्लो समय हाम्रो संस्कृति बदलिँदै गएको छ। के यो परिवर्तन हो ? कि पहिचानको आत्महत्या ! तिज पर्वको नाममा भड्किलोपन, अश्लिल संवाद, सामाजिक विकृति र पारिवारिक विघटन झल्काउने गीतहरू जब लाखौँ युवाले टिकटक, रिलहरूमा दोहोर्याएर अभिनय गर्छन्, भिड्यो बनाउँछन् त्यो समाजको चेतना स्तर मापन गर्ने ऐना हो।
सृजनशीलता सधैँ स्वागतयोग्य हुन्छ हुनुपर्छ । गीतले समाजको पीडा, अन्याय, विभेद उठाउनु पर्छ। तर त्यो आलोचना शैलीमा होस्, अश्लीलता होइन। चेतना फैलाउने होस्, अङ्ग प्रदर्शनमा नहोस्।
लोकगीत भन्ने बित्तिकै जे पनि भन्न पाइन्छ भन्ने छुट कसैले दिएको छैन।
सरकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सञ्चार मन्त्रालय र युट्युब/सामाजिक सञ्जाल नियामक निकायहरूले स्पष्ट नीति बनाउन जरुरी छ। यस्ता कुरीतिपूर्ण, संस्कृति विरोधी गीतहरू रेकर्ड हुनुअघि नै पूर्वस्वीकृति प्रणाली (pre-approval system) लागु गरेर हद सम्म रोक्न सकिन्छ ।
कलाकार सङ्घ, साङ्गीतिक सङ्घ, तीज गीत सर्जक मञ्च जस्ता संस्थाहरूले पनि स्वनियमन संयन्त्र अपनाउनु अत्यावश्यक छ। केवल लोकगीत लेखेर मात्र संस्कृति जोगिँदैन, त्यसको मर्यादालाई जोगाउने र जोगाउन पहल गर्ने नै साँचो स्रष्टा हो।
हाम्रो संस्कृतिमा महिलाहरूले तिज पर्वमा दुख सुनाउँथे, अब कतिपय गीतहरूमा समाजलाई नै लाज लाग्ने दृश्य र शब्द सुनिन थालेका छन्।
हामी कुन बाटोमा छौँ ? चेतनाको उचाइतर्फ कि भासिँदो मूल्यतिर ?
अब समय आएको छ कलाकार, नीति निर्माता र आम दर्शक सबै मिलेर लोक संस्कृतिको नाममा अश्लीलताको खेल बन्द गरौँ भन्ने साझा आवाज बुलन्द पार्न र त्यस खाले व्यक्तिहरूलाई सामाजिक बहिस्कार गर्न ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj