काठमाडौँ । अमेरिका सरकारले फिर्ता गरेका ३ जना भुटानी नागरिक नेपाल छिरेपछि झापामा पक्राउ परेका छन्।
शनिवार भारतको पानी ट्याङ्की हुँदै काँकडभिट्टा आएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको झापाका एसपी मिलन केसीले बताए।
पक्राउ पर्नेहरूमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, र ३६ वर्षीय रोशन तामाङ रहेका छन्। अमेरिकी ट्रम्प प्रशासनले उनीहरूलाई चार्टर्ड विमानबाट भुटानको पारो एयरपोर्टमा लगेर छाडेको थियो। चार दिनअघि पारो एयरपोर्टमा पुगेका उनीहरू फेरि काँकडभिट्टामा देखिएका थिए।
उनीहरूले प्रहरीलाई आफूहरूसँगै १० जना डिपोर्ट भएको बताएका छन्।
पक्राउ परेका भुटानी शरणार्थीहरूलाई प्रहरीले काँकडभिट्टाको अध्यागमन कार्यालयमा बुझाएको छ। हाल झापाको बेलडाँगी शरणार्थी शिविरमा करिब ५ हजार शरणार्थी बस्दै आएका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com