जर्मनीले प्यालेस्टाइनको समर्थन गरेको आरोपमा ४ जना विदेशी नागरिकलाई देश निकाला गर्ने आदेश दिएको छ।
जर्मन अध्यागमन कार्यालयका अनुसार ती व्यक्तिहरूले गाजामा इजरायली आक्रमणको विरोधमा आयोजित प्रदर्शनमा सहभागी भई प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाएका थिए। यही कारण उनीहरूलाई जर्मनी छोड्न निर्देशन दिइएको हो।
देश निकाला हुनेहरूमा पोल्यान्डका एक, अमेरिकाका एक र आयरल्यान्डका दुई नागरिक छन्। ती कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको पुष्टि भए पनि, सामान्य प्रदर्शनमा सहभागिताका कारण उनीहरूलाई निष्कासित गरिने भएको हो। जर्मनीले उनीहरूलाई उनीहरूको राजनीतिक धारणा र अभिव्यक्तिका आधारमा कारबाही गरेको देखिन्छ।
जर्मनीको आप्रवासन कानुनअनुसार, कसैलाई देश निकाला गर्न अपरिहार्य रूपमा आपराधिक अभियोग प्रमाणित हुनुपर्ने छैन।
यो पनि पढ्नुहोस
फेसबुकमा इजरायल बिरोधी पोस्टहरु लाइक कमेन्ट र शेयर गर्ने सैयौं विद्यार्थीको भिषा अमेरिकाले रद्ध गरिदियो
यो घटनाले जर्मनीमा बसोबास गरिरहेका वा अध्ययन/रोजगारीका लागि जान चाहने नेपालीहरूका लागि पनि चेतावनीरूप सावित हुन सक्छ। उच्च शिक्षा अध्ययनका लागि युरोप जाने नेपाली विद्यार्थीहरूका लागि जर्मनी प्रमुख गन्तव्यमध्ये एक हो। हाल जर्मनीमा झन्डै १०,५०० नेपाली नागरिक बसोबास गरिरहेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com