नेपालको सुदूरपश्चिम घर भएका नेपालीहरूले इजरायलमा सुदूर पश्चिमेली नेपाली समाज गठन गरेका छन् । विभिन्न कामको सिलसिलामा इजरायलमा कार्यरत नेपालीहरूले शनिवार उक्त समाज गठन गरेका हुन । अनलाइन भर्चुअल मार्फत भएको प्रथम अधिवेशनले कृष्ण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा आशिका कुमारी भण्डारी, उपाध्यक्ष नवीन जोशी, महिला उपाध्यक्ष भावना साउँद, महासचिव विनोद कुमार ठगुन्ना, सचिव नवराज विष्ट, कोषाध्यक्ष खगिसरा बुढा(ज्योती), सह कोषाध्यक्ष जीवन डगौरा, नेपाल संयोजक अनिता शाह, महिला संयोजक निर्मला तिमिल्सेना, सदस्यहरू नरेन्द्र सिंह विष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी, नन्दकली राना रहेका रहेका छन् ।
यहाँ सिकेका सिपहरू सुदूरपश्चिममा यहाँहरूले पुर्याउनु पर्छ । राजदूत पण्डितले भने–सुदूरपश्चिम विकासका सम्भावनै सम्भावना भएको ठाउँ हुँदा हुँदै पनि त्यहाँ गरिबी, पछौटेपन अझै कायम छ । सुदूरपश्चिम धार्मिक, सांस्कृतिक, पर्यटकीय, रूपमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो यहाँहरू त्यस ठाउँको विकासको लागि आआफ्नो क्षेत्र बाट लाग्न जरुरी छ ।
प्रथम अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा बोल्दै इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलमा रहेको सुदूरपश्चिमका युवाहरू एक सूत्रमा बाँधिने प्रयास गरेको भन्दै प्रशंसा गरेका थिए । उनले भने–सुदूरपश्चिमका मात्रै तपाईँहरू कति जना यहाँ बस्नु हुन्छ यकिन तथ्याङ्क त छैन । तर पनि तपाईँहरूले आफ्नो जन्मभूमि सम्झिएर केही गर्ने प्रयासको थालनी गर्नु भएको छ, यो प्रशंसा योग्य छ, तपाईँहरू रोजगारीको सिलसिलामा इजरायल आउनु भएको छ, सर्वप्रथम आफ्नो शारीरिक, मानसिक स्वास्थ्यको ख्याल गर्नु होला । यहाँ सिकेका सिपहरू सुदूरपश्चिममा यहाँहरूले पुर्याउनु पर्छ । राजदूत पण्डितले भने–सुदूरपश्चिम विकासका सम्भावनै सम्भावना भएको ठाउँ हुँदा हुँदै पनि त्यहाँ गरिबी, पछौटेपन अझै कायम छ । सुदूरपश्चिम धार्मिक, सांस्कृतिक, पर्यटकीय, रूपमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो यहाँहरू त्यस ठाउँको विकासको लागि आआफ्नो क्षेत्र बाट लाग्न जरुरी छ ।
राजदूत पण्डितले नेपाल सरकारले इजरायल बाट धेरै लाभ लिन सक्ने समेत बताए ।उनले भने कृषि, आइटी लगायतका क्षेत्रमा नेपालीहरूले इजरायल बाट अवसर लिनु पर्ने बताए ।इजरायलमा बस्दै आएका कैलालीका रमेश जोशीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता लामो समय देखी इजरायलमा बस्दै आएका तदर्थ समितिका अध्यक्ष विष्णु चौधरीले गरेका थिए भने आशिका भण्डारीले स्वागत गरेकी थिइन । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय सुदूरपश्चिम समाजका अध्यक्ष शेर बहादुर राउत, संस्थापक अध्यक्ष एवम् संरक्षक धनराज बलायर, सुमी शाह, ज्योती शर्मा, एनआरएनका इजरायलका महासचिव अलि मिया, लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । सुदूरपश्चिमका लागि सुदूर पश्चिमेली भन्ने मूल उद्देश्य राखेर संस्थाको गठन भएको संस्थाका महासचिव विनोद ठगुन्नाले जानकारी दिए । ठगुन्नाले भने–यो विशुद्ध सामाजिक संस्था हो । यसले इजरायलमा बस्ने सुदूरपश्चिमका युवाहरूले आफ्नो कला संस्कृत, भेषभुषा, रीतिरिवाज, चालचलन लाई विश्वभर चिनाउन भूमिका खेल्ने छ ।सुदूरपश्चिमको विकासको सम्भावनालाई उजागर गर्न विदेशमा रहेका नेपालीहरूलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने छ ।
विश्वका २२ वटा देशमा अन्तर्राष्ट्रिय सुदूरपश्चिमी समाज नेपालको गठन भएको छ ।
सुदूर पश्चिमेली नेपाली समाज, इजरायलको प्रथम ऐतिहासिक अधिवेशनबाट नवनिर्वाचित सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई हार्दिक बधाई तथा उज्ज्वल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
समाजको एकता, समृद्धि र पहिचानलाई अझ सशक्त बनाउँदै, सुदूर पश्चिमेली नेपालीहरूबिच सहकार्य, सद्भाव र सम्मानको सेतु निर्माण गर्ने महत्त्वपूर्ण जिम्मेवारी तपाईँहरूले बहन गर्नुभएकोमा हामी गर्व गर्दछौँ। हामी विश्वस्त छौँ तपाईँहरूको नेतृत्वमा समाज अझ व्यवस्थित, सुदृढ र समावेशी बन्नेछ।इमानदार प्रयास, स्पष्ट दृष्टिकोण र सबैको सहकार्यका साथ समाजले नयाँ उचाइ हासिल गर्नेछ भन्ने विश्वास लिएका छौँ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष :- कृष्ण चौधरी
वरिष्ठ उपाध्यक्ष :-आशिका कुमारी भण्डारी उपाध्यक्ष :- नवीन जोशी
महिला उपाध्यक्ष :- भावना साउद
महासचिव :- विनोद कुमार ठगुन्ना
सचिव :- नवराज बिस्ट
कोषाध्यक्ष :-खगिसरा बुढा ( ज्योति )
सह- कोषाध्यक्ष :- जीवन डगौरा
नेपाल संयोजक :- अनिता शाह रावल
महिला संयोजक :- निर्मला तिमिल्सेना
सदस्यहरू
नरेन्द्र सिंह बिस्ट
राजेश राना
धर्म दास राना
निरुता खड्का सिराडी
नन्द कली राना
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com