मञ्जु थपलिया
कथा मेरो अर्कै लेखिन् सक्थ्यो की?
मुहार मेरो पनि फेरिन सक्थ्यो की?
तीसै वर्षे जिन्दगीको भारी कति साह्रो,
सपनालाई बिर्सिएर बाँच्न कति गाह्रो!
कहिले होला काठमाडौँले मलाई देख्ने,
कहिले होला मेरो गाउँले नयाँ कथा लेख्ने?
आँखाभरि ढकमक्क गुराँसलाई चिन्ने,
गुराँसका फेदमुनि दुःख कसले देख्ने?
कहिले होला मेरो गाउँले नयाँ कथा लेख्ने,
कहिले होला काठमाडौँले मलाई देख्ने?????
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
एन आर एन इजरायलमा आबद्ध मञ्जु थपलिया इजरायलको तेल हा सोमेर अस्पतालमा कार्यरत हुनुहुन्छ ।