दिलिप सुन्दास
मेरा शरीरमा बर्षौ देखि,
एउटै कपडा होउन् ,
महिनौँ धुन नसकिएका,
ती कपडा देखेर,
मलाइ फोहोरी भनुन् ,
तर मेरो बिचार भित्र फोहोर छैन,
म कसैको नजिक जाँदा कसैलाई,
फोहोरी म गन्हाउन सकुँला, तर
मेरो सिद्धान्त कहिले गन्हाउने छैन।
मेरा गोजी भित्र खोतलेर कसैले
हेर्यो भने सुका, मोहर भेटुन्
मलाइ गरिब भनुन्
तर म भ्रष्टाचार गरेर मेरो
पुरानो कपडाको गोजी भर्दिनँ
म गरिब हुँ, बिचारको हैन।।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- दिलिप सुन्दासhttps://nepalisrael.com/nepalisrael/author/dilip