तिमी पार्टीको झन्डा बोक्छौ
तिमी पार्टीको झन्डा बोक्छौ,म भने देशको बोक्छु,
म देशकै नाम जप्छु,देशकै गर्विलो महिमा घोक्छु,
जता गए पनि पार्टीकै,लम्पट कार्यकर्ता भेटिन्छ,
तिमी राजनीतिको खेती गर्छौ,म हो त्यही रोक्छु,
म हो त्यही रोक्छु!!!
———-
हिजो बाउ,भोको बसेर मलाइ खुवाउँथे,
आज म भोको बसेर छोरा लाई खुवाउँछु,
फरक यत्ति हो,बाउ टुलुटुलु हेरिरहेका हुन्थे,
आज म सात समुद्र पारी बाट हेरिरहन्छु!!
———-
देश स्वर्ग जस्तै हो,
बिगारेको बहु जाती ले नै हो,
धेरै देशमा धेरै जाती,भाषी देखियो,
नेपाल बन्न नसकेको बहु भन्ने शब्दले नै हो!!
दिलिप सुन्दास
इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।