संयुक्त राष्ट्र संघको शान्ति मिसन (UNIFIL) अन्तर्गत लेबनानमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्। गएराति उनको गाडीमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए। उनी शान्ति सैनिकहरूको टोलीसँग बेरुत विमानस्थल जाँदै गर्दा हिजबुल्लाह समर्थकहरूले गरेको आक्रमणमा घाइते भएका हुन्।
यस घटनापछि संयुक्त राष्ट्र संघको शान्ति मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै “दक्षिण लेबनानमा स्थायित्व र सुरक्षा पुनःस्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको यस अमानवीय आक्रमणबाट हामी स्तब्ध छौं,” युनिफिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनले हिंसाको निन्दा गर्दै विज्ञप्ति जारी गरे पनि आक्रमणकारीहरूको नाम उल्लेख गरेन। विज्ञप्तिमा प्रदर्शनकारीहरुले आक्रमण गरेको भनिएको छ ।
युनिफिलका अनुसार, नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल आफ्नो मिसन पूरा गरेर लेबनानबाट नेपाल फर्कने तयारीमा थिए। त्यसै क्रममा उनको गाडीलाई हिंसात्मक रूपमा आक्रमण गरियो, जसमा एउटा गाडी जलाइएको थियो।
हालै, हिजबुल्लाह समर्थित प्रदर्शनकारीहरूले इरानबाट आएको एउटा यात्रुवाहक विमानलाई बेरुत अवतरण गर्न रोक्ने लेबनानी सरकारको निर्णयको विरोध गर्दै विमानस्थल जाने मुख्य सडक तथा राजधानीका अन्य मार्गहरू अवरुद्ध पारिरहेका छन्।
यो निर्णय इजरायलको एक विज्ञप्तिपछि गरिएको थियो, जसमा इजरायलले इरान नागरिक उडानमार्फत हिजबुल्लाहलाई नगद तस्करी गरिरहेको आरोप लगाएको थियो। लेबनानमा इरान समर्थित हिजबोल्लाह सैनिकहरुले सशस्त्र संघर्ष गरिरहेका छन ।

दक्षिण लेबनानमा शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणप्रति स्तब्ध भएको जनाएको छ। यूएनले यस हमलाको निन्दा गर्दै लेबनानी सरकारलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
यसैबीच, लेबनानका प्रधानमन्त्री र लेबनानी सशस्त्र बलले घटनाको गम्भीर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले घटनामा संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउने बताएका छन्।
समाचार संस्था एपीका अनुसार, हालै लेबनानी अधिकारीहरूले इरानबाट आएको एउटा यात्रुवाहक विमानलाई बेरुत प्रवेशको अनुमति रद्द गरेपछि व्यापक विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले राजधानी बेरुतका प्रमुख मार्गहरू तथा विमानस्थल जाने बाटो अबरुद्ध पारेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com