काठमाडौं । इजरायल र लेबनानमा सक्रिय इस्लामिक अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्ध आरम्भ भएको बताएको छ ।
हिजबोल्लाहका कार्यकर्ताहरुले प्रयोग गरेको संदेश प्रसारक यन्त्र पेजरमा एकै दिन विस्फोटनका सयौं लहरहरुद्वारा रहस्यमय आक्रमण भएपछि सो समुहले इजरायल संग बदला लिने जनाएको छ ।
लेबनानसंग सिमानाबाट इजरायल प्रवेश गरी स्थलगत आक्रमण गर्ने व्यापक तयारी गर्दै हिजबोल्लाह लडाकु
लेबनानमा रहेको इस्लामिक प्रतिरोधी समुह हिजबोल्लाहले इजरायलसंग आफुहरु पूर्णस्तरको युद्धमा प्रवेश गरेको घोषणा गर्दै – अब युद्ध सुरु भएको घोषणा गरेका छन ।
हिजबुल्लाहले बिहिबार सबेरै देखि इजरायलको नहारिया लगायत उत्तरी क्षेत्रहरु खेर्मन हिमाल, मतात, जरित, श्लोमी, हनिता, मल्किया लगायत उत्तरी गलिलका कयौं गाउँहरुमा निरन्तर रकेट प्रहार गरेको छ । यसै गरी इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा हिज्बोल्लाह समुहलाई लक्षित गरेर भीषण बमबारी सुरु गरेको छ ।
लेबनानमा भएका पेजर र वाकीटकी विष्फोटसँगै हिजबुल्लाह क्रुद्ध बनेको छ , हिज्बोल्लाहका केही लडाकुहरु उत्तरी इजरायलका गाउँहरुमा स्थलगत रुपमै प्रवेश गरेका थिए । हिजबोल्लाह लडाकु संगको भिडन्तमा बिहिबार साँझ इजरायली सेनाका दुई जवान मारिएका छन ।
आईडीएफ इन्टेलिजेन्सको निर्देशनमा इजरायली वायु सेनाले लगभग ३० वटा हिजबुल्लाहका प्रक्षेपण स्थलहरू र आतंकवादी पूर्वाधारको स्थानहरूमा आक्रमण गर्यो, जसमा करिब १५० वटा प्रक्षेपण यन्त्रहरू थिए, जुन इजरायली भूभागतर्फ प्रक्षेपण गर्न तयार भएका थिए।
यो पनि पढ्नुहोस
हिजबोल्लाह माथि भएको रहस्यमय साइबर आक्रमण- पेजरपछि वाकीटकी / २७ जना को मृत्यु
हिजबोल्लाहमाथि भएको पेजर विस्फोटन हमलामा मुछिए चीन देखि हङ्गेरी
इजरायलको सबैभन्दा कडा शत्रु हिजबुल्लाह कस्तो शक्ति हो ?
यसका साथै, आईडीएफले दक्षिणी लेबननका धेरै ठाउँमा हिजबुल्लाहका आतंकवादी पूर्वाधार र हतियार भण्डारण केन्द्रहरूमा पनि आक्रमण गर्यो। थप रूपमा, आईडीएफ तोपखानाले नकौरा क्षेत्रमा पनि आक्रमण गर्यो।
आईडीएफले इजरायल राज्यको रक्षा गर्न हिजबुल्लाह आतंकवादी संगठनको खतराविरुद्ध निरन्तर रूपमा कारबाही जारी राख्ने बताएको छ ।
बिहिबार साँझ हिजबोल्लाहका नेता हसन नसरुल्लाहले सार्वजनिक सम्बोधन गर्दै यसलाई युद्धको घोषणा भनेका छन् ।
उनले सम्बोधन गरिरहँदा इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरिरहेको थियो ।
नसरल्लाहले इजरायलसँगको हिसाब छिट्टै चुक्ता गर्ने चेतावनी दिएका छन् । इजरायलले हिजबुल्लाहका अखडामा बमबारी गरेको जनाएको छ ।
यस्तै इजरायलले लेबनानसँगको सीमाक्षेत्रमा भएको झडपमा आफ्ना दुई सैनिक मारिएको बताएको छ । हिजबुल्लाहको आक्रमणमा उनीहरु बिहीबार मारिएका हुन् ।
मंगलबार र बुधबार भएका पेजर र वाकीटकी बिष्फोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । ३५ सयभन्दा धेरै घाइते भएका छन् ।
हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ । उसँग करिब १ लाख रकेट भएको अनुमान छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com