लेबनानमा घातक विस्फोटक हमलाले दोस्रो दिन पनि निरन्तरता पाएको छ। पहिलो दिन पेजर पड्किएर १८ जनाले ज्यान गुमाउँदा ३ हजार बढी घाइते भएका थिए। जबकी दोस्रो दिन वाकीटकी र ल्यापटप समेत लहरै संग विस्फोट भएका छन्।
रहस्यमय हमलाको दोश्रो दिन वाकीटकी विस्फोट हुँदा कम्तीमा ३०० जना घाइते भएका छन्। भने ९ जनको मृत्यु भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। यो आक्रमणपनि इजरायलको खुफिया एजेन्सी मोसादले गरेको हुनसक्ने हिजबुलाहले दाबी गरेको छ।
घटनाले कति क्षति पुर्यायो भने विषयमा थप विवरणहरु आउने क्रममा रहेका छन्। पेजर पड्कीएर अस्तब्यस्त बनेको लेबनान पुन नयाँ संकटमा धकेलिएपछि अहिले युएन सेक्रेटरी काउन्सीलले छलफल गरीरहेको छ।
पछिल्लो समय सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट मोबाइल भन्दा सुरक्षीत मानिएका पेजर र वाकिटकीनै पड्कीएपछि अहिले हिज्बोल्ला समुह, अरब मुलुकहरु लगायत सिंगो विश्व नै आश्चर्यमा परेको छ ।
यसका साथै इजरायल संग शत्रुतापूर्ण सम्बन्ध रहेका अन्य अरब मुलुकहरु समेत भविष्यमा हुनसक्ने थप आक्रमणको त्रासमा परेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com