काठमाडौँ । सरकारले द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेको नेपाली दूतावासमा हिब्रु भाषा जानेको एक जना कर्मचारी भर्ना गर्न अनुमति दिएको छ ।
गत असोज २० गते इजरायलमा हमास विद्रोहीको आक्रमणमा १० नेपालीको निधन र एक बेपत्ता भएपछि त्यहाँ उद्धार तथा सहयोगको काममा सहायताका लागि स्थानीय भाषा जानेको कर्मचारी नियुक्त गर्न दूतावासलाई अनुमति दिइएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जानकारी दिएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री साउदले ५ हजार बढी नेपाली रहेको देशमा राजदूत सहित ३ कर्मचारीले बंकरमा लुक्दै पनि काम गरिरहेको जानकारी गराए ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























