रमल्लाह–प्यालेस्टाइनी विदेश मन्त्रालयले शुक्रवार प्यालेस्टाइनी राज्य कसैको उपहार वा अनुग्रह नभएर अन्तरराष्ट्रिय कानून र वैध अन्तरराष्ट्रिय संकल्पद्वारा सृजित अधिकारसम्पन्न राष्ट्र रहेको बताएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनको राज्यसत्ताका लागि अन्तरराष्ट्रिय दबाबको पछिल्लो अस्वीकारको प्रतिक्रियामा वासिङ्गटन पोस्टको बुधवारको रिपोर्टको जवाफमा उनको सो धारणा सार्वजनिक भएको हो ।
इजरायली प्रत्याक्रमणपश्चात प्यालेस्टाइनको गाजापट्टि लगभग भौतिक रुपमा मात्र नभई सांस्कृतिक तथा राजनितिक रुपमा ध्वस्त भइसकेको छ । युद्धको समाप्तिपछि गाजामा कस्ले शासन गर्ने वा कस्तो प्रकारको सुरकआ प्रबन्ध रहने अन्योलको स्थिति छ । हमासले गरेको अक्टोबर ७को अमानवीय हमालाका कारण इजरायलले भने अब गाजापट्टिको प्रशासन आफ्नो मातहतमा रहने बताएको छ भने प्यालेस्टिनी प्रशासनले यसको विरोध गरेको छ ।
अन्तर्राष्ट्रिय समुदायले शुरुदेखि नै इजरायल र प्यालेस्टाइनको स्थायी शान्तिका लागि द्विराज्यको अवधारणा (Two-State Solution) प्रस्ताव अघि सारेका छन । यद्यपि इजरायलले अब त्यसको औचित्य र सम्भावना अब समाप्त भएको बताएका छन ।
अमेरिका र अन्य देशहरुको समूहद्वारा प्यालेस्टाइन राज्यको स्थापनाको लागि निश्चित समयतालिकाका बनाउने सम्बन्धमा जारी वार्ताको विषयमा बुधवार वासिङ्गटन पोस्टमा एउटा रिपोर्ट छापिएको छ ।
‘हामी प्यालेस्टिनीहरूसँग समस्याको स्थायी समाधानका नाममा अन्तरराष्ट्रिय आदेश र निर्देशनलाई सशक्त रूपमा अस्वीकार गर्छौं,’ नेतन्याहूले शुक्रवार राति अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोन वार्तामा भनेका छन् ।
नेतन्याहूले फेरि एकपटक कब्जा र दबाबको अन्त्य गर्ने र प्यालेस्टाइनी राज्य स्थापना गर्ने अधिकारमा अन्तरराष्ट्रिय र अमेरिकी सहमतिलाई चुनौती दिँदै अन्तरराष्ट्रिय र संयुक्त राष्ट्रसंघको मान्यतालाई पनि अस्वीकार गरेको घोषणा गर्नु भएको मन्त्रालयले शुक्रवार विज्ञप्तिमा जारी गर्दे उल्लेख गरेको छ ।
नेतान्याहूले प्यालेस्टिनी जनताको राज्यसत्तासम्बन्धी कुनै पनि प्रयास वा विचारलाई विफल पार्न विश्व र प्यालेस्टाइनी जनतामा आफ्ना परम्परागत अवस्थाहरू थोपर्ने वा आदेश दिने प्रयत्न गरिए तीमध्ये कुनै पनि अन्तरराष्ट्रिय हस्तक्षेप स्वीकार नगर्ने उनले बताएका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com