नेपाल इजरायल डट कम, जेरुसलेम हमासका नेता याह्या सिनवारलाई IDF ले गाजा पट्टीमा मारेको पुष्टि उक्त मामिलाका नजिकका स्रोतहरूले बिहीबार साँझ संचार मध्यमलाई बताए । IDF र शिन बेट (ISA) ले बिहीबार सिनवारको सम्भावित हत्या सम्बन्धी संयुक्त वक्तव्य जारी गरेका थिए।
“प्रारम्भिक रिपोर्ट – गाजा पट्टीमा IDF को अपरेसनको क्रममा तीन आतंकवादीहरू मारिए । IDF र शिन बेटले ती आतंकवादीमध्ये एक याह्या सिनवार भएको पुष्टि भएको छ । यस बारेमा अझै थप जाँच भइहेका छन्। यो चरणमा अन्य आतंकवादीहरूको भने पहिचान भएको छैन ।
मानवीय ढालहरू
हमासको आतंकवादी प्रमुख सिनवारलाई बाँकी रहेका बन्धकहरूद्वारा मानवीय ढालको रूपमा घेरेको विश्वास गरिएको थियो, जसले IDF लाई उनीमाथि आक्रमण गर्न र मार्नबाट रोकिरहेको बताइएको छ। पुन: IDF ले आफ्नो वक्तव्यमा आक्रमण भएको स्थानमा बन्धकहरू भएको कुनै संकेत नभएको दोहोर्यायो।
इजरायल-हमास युद्धको क्रममा सिनवार सुरुङहरूबाट बाहिर निस्किएको हो कि होइन भन्ने विरोधाभाषपूर्ण रिपोर्टहरू देखा परेका थिए, र IDF ले यस वर्ष फेब्रुअरीमा हमास प्रमुखलाई सुरुङहरूबाट हिँडिरहेको फुटेज प्राप्त गरेको थियो।
धेरैजसो हमास नेताहरूलाई इजरायलले समाप्त गरेको छ, जसमा हमासका राजनीतिक प्रमुख इस्माइल हनिया, जो जुलाईमा तेहरानमा मारिएका थिए , र हमासका सैनिक नेता मोहम्मद देइफ, जसलाई पनि जुलाईमा नै गाजा पट्टीमा मारिएको थियो।
“जहाँ आतंकवादीहरू विरुद्ध कारवाही भएको थियो, त्यहाँ बन्धकहरू नभएको पक्का गरेर मात्र अपरेसन चलाइएको व्यहोरा IDF ले बारम्बार दोहोर्यायो । उक्त क्षेत्रमा सञ्चालन गरिरहेका फौजहरूले आवश्यक सतर्कताका साथ काम गरिरहेका छन्।
इजरायलका संचार माध्यमहरुले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिनवारको मृत्युको पुष्टि गर्दै रिपोर्टहरु प्रकाशित गरेका छन ।
IDF को गाजामा गरेको आक्रमणमा लक्षित आतंकवादीमध्ये एक हमासको खान युनिस डिभिजन कमान्डर थियो, जसले युद्ध सुरु भएदेखि सिनवारसँग निकटता राख्दै आएको थियो। आर्मी रेडियोका अनुसार, उक्त कमान्डरको पनि मृत्यु भएको छ ।
IDF का अनुसार याह्या सिनवार छ जना बन्धकहरू – हेर्श गोल्डबर्ग-पोलिन, एडेन येरुशल्मी, कार्मेल गाट, आल्मोग सारुसी, अलेक्जेन्डर लोबानोभ, र ओरि डानिनो – जसलाई राफाहमा राखिएको थियो, उनीहरूसँग सुरुङमा सुरक्षित रुपमा लुक्दै आएका थिए । ती बन्धकहरूको हत्या गरेर सिनवारले इजरायलसंग युद्ध विरामको लागि मनोवैज्ञानिक दवाव सिर्जना गरेको तर असफल भएको बुझिएको छ ।
इजरायली प्रहरीले रिपोर्टको केही घण्टापछि निम्न वक्तव्य दियो: “याह्या सिनवारको हत्या पहिचानसम्बन्धी हालैका रिपोर्टहरूका प्रतिक्रियामा, इजरायली प्रहरी, IDF, र शिन बेटले निश्चित पहिचान स्थापनाका लागि सक्रिय रूपमा काम गरिरहेका छन्।”
अहिलेसम्म, प्रारम्भिक र आवश्यक जांच पूरा भएको छ।
सिनवारले अक्टोबर ७ मा भएको हत्याकाण्डको नेतृत्व गरेका थिए, जसमा १,२०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जसमा इजरायलीहरू र अन्य राष्ट्रियताका मानिसहरू पनि सामेल थिए, र २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो, जसमा १०१ अझै गाजामा छन् । १०१ जना बन्धकहरु मध्ये नेपालका विपिन जोशी पनि रहेका छन । नेपालबाट कृषि अध्ययनका लागि आएका १० जना निहत्था विद्यार्थीहरुलाई पनि सोही आतंकवादी हमासले हत्या गरेका थिए ।
ती १०१ बन्धकमध्ये ४८ बन्धकहरूलाई बन्दी बनाइराखेको अवस्थामा मारिएका छन ।
सिनवारलाई गाजाभरिका हमास सुरुङहरूमा लुकेर बसेको विश्वास गरिएको थियो । उनी कहिल्यै एकै स्थानमा लामो समय नबसेर, र सञ्चार प्रविधिहरू प्रयोग नगरी, सन्देशवाहकहरूमा निर्भर रहेका थिए ।October 17, 2024
Yahya Sinwar, the leader of the Hamas terrorist organization who was responsible for planning and executing the October 7th Massacre, has been eliminated
The IDF and ISA confirm that after a year-long pursuit, yesterday (Wednesday), October 16, 2024, IDF soldiers from the Southern Command eliminated Yahya Sinwar, the leader of the Hamas terrorist organization, in an operation in the southern Gaza Strip. Yahya Sinwar planned and executed the October 7th Massacre, promoted his murderous ideology both before and during the war, and was responsible for the murder and abduction of many Israelis.
Yahya Sinwar was eliminated after hiding for the past year behind the civilian population of Gaza, both above and below ground in Hamas tunnels in the Gaza Strip. The dozens of operations carried out by the IDF and the ISA over the last year, and in recent weeks in the area where he was eliminated, restricted Yahya Sinwar’s operational movement as he was pursued by the forces and led to his elimination.
In recent weeks, IDF and ISA forces, under the command of the Southern Command, have been operating in the southern Gaza Strip, following IDF and ISA intelligence that indicated the suspected locations of senior members of Hamas. IDF soldiers of the 828th Brigade (Bislach) operating in the area identified and eliminated three terrorists. After completing the process of identifying the body, it can be confirmed that Yahya Sinwar was eliminated.
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com