दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाह लडाकुबीच भीषण युद्ध भैरहेको छ । हिजबोल्लाहको आतंकि संरचना ध्वस्त बनाउन भन्दै इजरायली सेना लेबनानको सिमानाभित्र प्रवेश गरिसकेको छ तर यो युद्ध इजरायललाई भारी पर्ने संकेत देखीइसकेको छ । स्थल आक्रमणको शुरुको दिनमै इजरायलले ८ सैनिक गुमाउनु परेको छ भने ३ ट्यांकहरु ध्वस्त भएका छन ।
उता लेबनानको राजधानी बेरुतमा इजरायलको हवाई आक्रमणबाट गएराति ६ जना मारिएका छन् । आक्रमणमा अरु ८ जना घाइते भएका छन् ।
इजरायल लेबनानमा हिजबुल्लाह, गाजामा हमास, इरान र यमनमा हुथी विद्रोहीसँग लडिरहेको छ।
यसैबीच हिजबुल्लाहले इजरायलको सैनिक विमानलाई समेत झारेको छ। हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रहार गरेर उनीहरूले इजरायली विमान झारेको हो।
यसैबीच सन् २००६ पछि इजरायलले लेबनानको राजनधानी बेरुतमा आक्रमण गरेको छ। जसमा एक अमेरिकी नागरिकसहित छ जनाको मृत्यु भएको छ।
इजरायलले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देश आउन प्रतिबन्ध लगाएको छ।
इजरायली विदेशमन्त्री काट्जले भने, ‘संयुक्त राष्ट्र प्रमुखले इरानी हमलाको निन्दा गरेनन्, जसका कारण यो निर्णय लिइएको हो।’
पछिल्लो २४ घण्टामा पूरै लेबनानमा इजरायली आक्रमणबाट ४६ जना मारिएका र ८५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले प्यालेस्टाइनको गाजामा समेत आक्रमण तीव्र पारेको छ । एक अनाथलयसहित विद्यालय तथा अन्य फरक-फरक स्थानमा भएको आक्रमणमा दर्जनौं मानिस मारिएका छन् ।
गाजामा अक्टोबर २०२३ यता इजरायली आक्रमणबाट ४१ हजारभन्दा बढी मानिस मारिएका छन् भने ९६ हजारभन्दा बढी घाइते भएका छन् । गत वर्ष ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी करिब १३ सय मानिस मारेको थियो भने २ सयलाई अपहरण गरेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com