दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ।
इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो। अन्य सात सैनिक घाइते भएको र तिनीहरूलाई चिकित्सा हेरचाहका लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ।
‘प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ’, विज्ञप्तिमा भनिएको छ।
घटनाको कारणबारे वायुसेना कमान्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ। रासस/सिन्ह्वा
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























