खेमराज जम्मर कट्टेल
बाहिर बाट झट्ट हेर्दा र सुन्दा इजरायल एउटा युद्ध ग्रस्त, असुरक्षित र केवल होम केयरको रोजगारी पाइने ठाउँ जस्तो लाग्छ। तर यथार्थमा, जब कोही व्यक्ति यो देशमा पाइला टेक्छ, उसले एकदमै फरक संसार देख्छ जहाँ श्रमलाई सम्मान छ, कामदारलाई अधिकार छ, पारिश्रमिकमा इमानदारी छ र जीवनमा सम्भावनाहरूको कुनै अभाव छैन।
यहाँ आएर काम गर्ने जो कोही नेपाली फर्कँदा इजरायलको फ्यान भएर फर्किन्छ। किनकि यहाँको जीवनशैली, काम गर्ने वातावरण, कानुनी संरचना र सामाजिक व्यवहारले मानिसहरुको सोच नै बदलिदिन्छ र बदलिएका उदाहरण धेरै छन् ।
इजरायलले आफ्ना विदेशी कामदारहरूलाई नागरिक सरहका अधिकार सुनिश्चित गरेको छ। स्वास्थ्य बीमा, कामदारको बीमा, तलब र अवकाशको हिसाब पारदर्शी र ज्ञारेन्टी गरेको छ। काम दिने संस्थानहरू श्रमिकसँग सम्झौता गर्न बाध्य छन र सम्झौता उल्लंघन भयो भने कानुनी कारबाहीको भागेदार हुन्छन । यहाँ कामदारको मेहनतलाई पैसाले होइन मूल्यले तौलिन्छ । नेपाल वा अन्य खाडी देशहरुमा महिनौंसम्म पारिश्रमिक नपाउने समस्या छ तर यहाँ समयमै पारिश्रमिक हात पर्छ। इजरायल भित्रको सुरक्षा अवस्था अत्यन्तै व्यवस्थित छ। मानिसहरू कानून पालनमा कडा छन र विदेशीप्रति कुनै पूर्वाग्रह छैन। महिला श्रमिकहरू निडरतापूर्वक रातको समयमा पनि काममा जान आउन सक्छन्, जुन आफ्नै देश नेपाल वा अन्य मुलुकहरूमा दुर्लभ अवस्था छ । इजरायल केवल रोजगारीको लागि मात्र होइन, प्रविधि, कृषि, चिकित्सा र सुरक्षातन्त्रको दृष्टिले पनि अत्यन्त विकसित मुलुक हो। यहाँबाट नेपाली युवाले ज्ञान, सीप र सोचको एउटा नयाँ दृष्टिकोण लिएर देश फर्कन सक्छन्।
यति धेरै सुनौलो अवसर हुँदाहुँदै पनि नेपाल सरकारले इजरायलसँग श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन। सीमित कोटा, ढिलो प्रक्रिया, अनावश्यक कागजी झमेला र कूटनीतिक सक्रियताको अभावले हजारौं नेपालीलाई निजी म्यानपावर, ब्यक्ति अथवा अन्य बाटोहरुबाट महँगो रकम तिरेर इजरायल आउन बाध्य बनाएको छ।
नेपाल सरकारले यदि व्यवस्थित र खुला श्रम सम्झौता गरेर, तालिमसहित योग्य जनशक्ति पठाउने हो भने इजरायल नेपालका लागि रोजगार र अन्य ब्यापारको गोल्डेन गेट सावित हुन सक्छ।
इजरायल केवल रोजगारीको देश होइन यो व्यापारको सम्भावनाले भरिएको ठुलो बजार पनि हो। नेपाली उत्पादनहरू जैविक चिया, अलैंची, हाते कपडा, ढाका, औषधीय जडीबुटी, काठका सामग्री इत्यादि यहाँका उपभोक्तालाई आकर्षित गर्न सक्छन्। इजरायली समाजले ह्यान्डमेड र आर्गनिक उत्पादनलाई विशेष प्राथमिकता दिन्छन । तर नेपालबाट नेपाली उत्पादन ल्याउने प्रक्रिया एकदमै जटिल छ। इजरायलमा कम्पनी खोल्ने, स्टल राख्ने र अनलाइन बिक्री गर्नुपर्ने कानुनी संरचना नेपाली व्यवसायीलाई बुझ्न गाह्रो पर्छ। दूतावास वा सम्बन्धित मन्त्रालयहरुले यदि व्यवसायिक सहजीकरणमा सहयोग गर्नु भने इजरायलमा नेपाली उत्पादनहरुले निश्चित रूपमा स्थान बनाउन सक्छ।
अब इजरायलमा नेपाली दूतावासको भूमिका पास्पोर्ट नविकरण गर्न, नेपाली कति छन भन्दै हरेक बर्ष फेसबुकमा डाटा संकलन गर्न अथवा नागरिकको हक अधिकार संरक्षणमा मात्र होइन, व्यापार र लगानी प्रवर्द्धनमा पनि गर्विलो भुमिका हुनुपर्छ। इजरायल सरकारसँग द्विपक्षीय व्यापार र श्रम सम्झौता व्यापक बनाइनुपर्छ। नेपाली कामदारको सीपविकास, भाषा तालिम आदि इत्यादि प्रभावकारी बनाइनुपर्छ। इजरायलमा नेपाली व्यवसायीलाई कम्पनी दर्ता, भिसा प्रक्रिया, बैंकिङ सुविधा लगायतका विषयमा सहयोग गर्न आवश्यक परे वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्नुपर्छ।
नेपालबाट हेर्दा इजरायल जस्तोसुकै देखिए पनि, यहाँ आएपछि देखिने इजरायल फरक छ । सम्मान, सम्भावना र सुरक्षित भविष्यले भरिएको देश हो। जो यहाँ आउँछ, उसले केवल पैसा मात्र हैन ! आत्मगौरव, आत्मबल र जीवनप्रतिको हेर्ने दृष्टिकोण नै बदलेर फर्कन्छ। अब चाहिएको कुरा के हो भने, नेपाल सरकार, कूटनीतिज्ञ, व्यवसायी र प्रवासी नेपाली सबै मिलेर यस फर्किने मन लाई स्थायीत्वको रूप दिन सक्नुपर्छ।
इजरायल र नेपाल अब श्रम सम्झौतामा मात्र हैन बजार र ब्यापार सम्झौतामा पनि जोडिनु पर्छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj