गिरिराज ओली
खुट्टा तान्ने सहरको भीड होइन,
हात तान्ने गाउँको माया मन पर्छ।
जहाँ सम्बन्धहरू मुखौटा लाउँदैनन्,
त्यही न्यानो झुपडीको छाया मन पर्छ।
सहरमा मन त के नामसम्म बेग्लिन्छ,
गाउँमा नाता बिना सर्त जोडिन्छ।
कोलाहलको चमक छिट्टै ओझेल पर्छ,
तर एकान्तको शान्तिमा आत्मा रमाउँछ।
महलका झ्यालहरू बन्द लाग्छन्,
झुपडीका ढोका सधैँ खुला हुन्छन्।
कृत्रिम मुस्कान भन्दा सत्य आँसु प्यारो,
यसैले गाउँको सादगी सहरभन्दा राम्रो।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- गिरिराज ओली
- गिरिराज ओली
- गिरिराज ओली
- गिरिराज ओली
- गिरिराज ओली










































