गिरिराज ओली ‘अर्जुन’
इजरायल
प्रभात कुद्दै कुद्दै, अँध्यारो छाउँछ यहाँ,
सत्य खोज्न निस्कँदा, झुटको बाटो लाउँछ यहाँ।
इमानको मूल्य छैन, स्वार्थ नै प्रधान छ,
बफादारीको कथा भन्दा, धोका नै सम्मान छ।
घामले हँसाए पनि, बादलले छेक्छ यहाँ,
साँचो बोल्नेलाई, संसारले ठगेको देख्छ यहाँ।
मन सफा राखे पनि, दोषी ठहरिन्छ यहाँ,
मित्रताको नाममा, शकुनीकै खेल चल्छ यहाँ।
सपना बुन्दै हिँड्दा, विश्वास टुट्छ यहाँ,
माया खोज्न जाँदा, स्वार्थको मोल उठ्छ यहाँ।
साँचो साथ खोज्दा, बेइमानी हात पर्छ,
हरेक सम्बन्धको अन्त्य, धोका दिएर हुन्छ यहाँ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- गिरिराज ओलीhttps://nepalisrael.com/nepalisrael/author/giriraj
- गिरिराज ओलीhttps://nepalisrael.com/nepalisrael/author/giriraj
- गिरिराज ओलीhttps://nepalisrael.com/nepalisrael/author/giriraj