आमाको चोली फेर्न
बा को टोपी फेर्न
दाइ भाइको आशा
दिदी बहिनी को भरोसा
गाउँलेहरूको माया
देवी देउताको छाया
मनमा रहर जागियो
प्रदेश तिर लागियो
प्रदेश प्रदेशै रहेछ
मनका रहर कता गएछ?
खान बस्न अत्तो पत्तो छैन
आफ्नै जिन्दगीको महत्त्व छैन
धेरै गुमाए थोरै कमाए
खै कता आफै हराए
बा को टोपी उस्तै छ
आमाको चोली निस्तै छ
दाइ भाइको आशा टुट्यो
दिदी बहिनी भरोसा लुट्यो
खरले छाएको घर चुहिने भएछ
बन्धकको खेत साहुले लएछ
प्रदेश आएको नि १२ वर्ष पुगेछ
गरेका बाचा खै कता चुकेछ
जिन्दगी उधारो खाता रहेछ
रहर पुरा नहुने नाता रहेछ
जति गर्दा नि सुकी नहुने
लाखौँ कमाउँदा खुसी नहुने
अचेल खै के भाको मेरो मन
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh