रमेश जोशी
नमर्दै स्वर्ग देखेको मान्छे हु
रुँदै राति गजल लेखेको मान्छे हु
जाबो आफ्नै भविष्य त बनाउन सकिन
धर्तीको बोझ भै पाइला टेकेको मान्छे हुँ
दुर्गम गाउँमा बाटो छैन
कसैलाई दिने गाँठो छैन
गाउँले अनपढ भए पनि
सहरिया भन्दा लाटो छैन
बादल पारिको गाउँ जान मन लाग्यो
सप्तरङ्गी इन्द्रेणीलाइ छान्न मन लाग्यो
यो कृत्रिम बस्तीको जालोमा फस्नु भन्दा
एकान्त सुन्दर प्रकृतिमा रम्न मन लाग्यो
पिपलको छेउमा बर हुँदैन
माछा पनि त बगरमा हुँदैन
नजरमा नजर जुझेपछि
त्यति नशा त जहरमा हुँदैन
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- रमेश जोशी
- रमेश जोशी
- रमेश जोशी
- रमेश जोशी
- रमेश जोशी










































