रमेश जोशी
सपना बोकेर उड्यो जहाज,
नयाँ दुनियाँ, नयाँ समाज।
आशाका दियो बाल्दै मनमा,
गयो परदेश कर्मको थालमा।
बिहानको घाम झुल्किन नपाउँदै,
घण्टौँ काम गरी पसिना भिजाउँदै
ऊर्जा ,शक्ति ,सामर्थ्य प्रयोग गरी
कला कुशलता प्रदेशमा मिसाउँदै
घर सम्झँदा आँखा रसाउँछ,
आमाको माया मनमा बसाउँछ।
दाजुभाइ साथी टाढा भए,
सपना पूरा गर्ने धुनमा लागे।
तलब आउँछ, खर्च हराउँछ,
पैसा बटुल्दा जीवन सकिन्छ।
आफन्तलाई खुशी दिन खोज्दा,
आफ्नै हाँसो भित्र कतै हराउँछ।
यो त हो परदेशको कथा,
विदेशीलाई हर्ष न त व्यथा
तर पनि आशा मर्दैन जहिल्यै
सपना पूरा गर्ने हो कहिल्यै
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh