आमाको चोली फेर्न
बा को टोपी फेर्न
दाइ भाइको आशा
दिदी बहिनी को भरोसा
गाउँलेहरूको माया
देवी देउताको छाया
मनमा रहर जागियो
प्रदेश तिर लागियो
प्रदेश प्रदेशै रहेछ
मनका रहर कता गएछ?
खान बस्न अत्तो पत्तो छैन
आफ्नै जिन्दगीको महत्त्व छैन
धेरै गुमाए थोरै कमाए
खै कता आफै हराए
बा को टोपी उस्तै छ
आमाको चोली निस्तै छ
दाइ भाइको आशा टुट्यो
दिदी बहिनी भरोसा लुट्यो
खरले छाएको घर चुहिने भएछ
बन्धकको खेत साहुले लएछ
प्रदेश आएको नि १२ वर्ष पुगेछ
गरेका बाचा खै कता चुकेछ
जिन्दगी उधारो खाता रहेछ
रहर पुरा नहुने नाता रहेछ
जति गर्दा नि सुकी नहुने
लाखौँ कमाउँदा खुसी नहुने
अचेल खै के भाको मेरो मन















