काठमाडौँ । नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तामाङ समुदाय तथा बौद्ध धर्मवालम्विहरुको महान् नेपाली राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० डुक/ मु पुख्रि ल्हो अर्थात् (ड्रागन वर्ग)को अवसरमा एक विशेष कार्यक्रम हुने भएको छ ।
आगामी फेब्रुअरी १६ तारिख २०२४ (२०८० फागुन ४ गते) शुक्रवार साँझ ७ बजे इभि हलमा सोनाम ल्होछारको अवसरमा तामाङ ‘धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको’ मूल उद्देश्यले बौद्ध धर्म विधिबद्ध पूजापाठका साथै स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहने भएको हो ।
साङ्गीतिक कार्यक्रमका साथै रात्रि भोजनसँगै सोनाम ल्होछार पर्व मनाइने भएकाले उक्त कार्यक्रममा इजरायलमा बस्दै आइरहनुभएका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक सङ्घसंस्थाका पदाधिकारी र इजरायलमा कार्यरत तामाङ तथा गैर तामाङ नेपाली भाषीहरू सम्पूर्णमा ‘सोनाम ल्होछार साङ्गीतिक साँझ २०२४’ कार्यक्रममा सहभागिता जनाइदिन पनि आयोजक संस्थाका महासचिव सुनिल रुम्बा तामाङद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।
नेपाल तामाङ घेदुङ इजरायल
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com