इजरायलको तेल अभिवमा जुन १४ तारिख एक कार्यक्रममा साथ नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल शाखाको १२ औँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । सभाले नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल शाखाको अध्यक्षमा मनु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
उक्त सभाले वरिष्ठ उपाध्यक्षमा मन मास्की राना मगर, उपाध्यक्षहरूमा सर्किनी ज्यावा ह्योल्मो, रञ्जना ग्याबक तामाङ, ल्हाक्पा लामा शेर्पा, तुलसा तुम्बाहाम्फे, महासचिवमा खुशी क्ल्हे तमूस्यो, प्रथम सचिवमा विमला श्रेष्ठ, सचिवमा फुर्वा लामा ह्योल्मो, लेमी शेर्पा, इन्द्रजंग तमू, अशोक थोकर तामाङ, कोषाध्यक्षमा आशकुमार लावती र सह कोषाध्यक्षमा विवश आले मगर चयन भएका छन् ।
यसै गरी सल्लाहकार समितिको प्रमुखमा कुमार आङ्देम्बे, सदस्यहरूमा जेसाङ शेर्पा, छत्र गोले (शंखर), डिककुमार गुरुङ, कमला कन्दङ्वा, सुनिता श्रेष्ठ, सूर्य राना मगर र समीर स्याङ्बा ह्योल्मो रहेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर सङ्घ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा सङ्घ, ह्योल्मो समाज लगायतका सङ्घ–संस्थाहरू आबद्ध रहेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल शाखाले कार्यक्रम कार्यक्रम सफल बनाउन उपस्थिति सम्पूर्ण सङ्घ–संस्थाहरू, धार्मिक, सामाजिक र राजनैतिक संङगठनहरुका साथै सहयोगी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा धन्यवाद ज्ञापन गरेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com