नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- ट्रम्पको गाजा नियन्त्रण योजना: मध्यपूर्वमा नयाँ संकटको सुरुवात?
- इजरायली राष्ट्रपतिले भने – विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रयास जारी छ
- मृत सागरको यात्रा: एक अविस्मरणीय अनुभव
- अमेरिकी सामानमा चीनले लगायो प्रतिशोधात्मक कर: व्यापार युद्ध थप चर्किंदै
- यस्तो पुस्तकालय, जहाँ रोबोटले सम्हाल्छन् पचास लाख पुस्तक
- डिजिटल अरेस्टको डर देखाएर ठगी: नक्कली प्रहरी बनेका दुई पक्राउ
- इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रम : प्युठानका सन्देश थापाको अनुभव
- प्यालेस्टिनी आतंकवादी हमलामा २ इजरायली सैनिक हताहत, ८ घाइते – आतंककारी पनि मारिए
काठमाडौं । इजरायल र हमासबीच जारी युद्धका बीच अमेरिकाको भर्मन्टमा तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हानी हत्या गरिएको छ । यस घटनामा एकजना संदिग्ध पक्राउ परेका छन् । पीडित विद्यार्थीका परिवारले प्रहरीलाई घृणित अपराध अन्तर्गत अनुसन्धान गर्न माग गरेका छन् ।
यसअघि बर्लिङ्गटन प्रहरीले हिशाम अवर्तानी, तहसीन अहमद र किनान अब्दलहमिदलाई भर्मन्ट विश्वविद्यालय क्याम्पस नजिकै एक व्यक्तिले गोली हानेको बताएको थियो। अधिकारीहरूले आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन्। अधिकारीहरूले आक्रमण गर्दा विद्यार्थीहरूले परम्परागत हेडस्कार्फ लगाएका थिए र अरबी भाषामा बोलिरहेका थिए भनेका छन् ।
प्रहरीले ४८ वर्षीय संदिग्ध जेसन जे. इटनलाई आइतबार पक्राउ गरेको हो । गोली लागेर तीनै विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । जहाँ उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको र तेस्रोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अर्कोतर्फ एफबीआईले यस विषयमा अनुसन्धान गर्न तयार रहेको बताएको छ ।
प्रहरीका अनुसार गोली चलेको स्थान नजिकैको अपार्टमेन्ट भवनमा जेसन बस्छन्। बर्लिङ्गटन प्रहरीले आफन्तलाई भेटेर प्रोस्पेक्ट स्ट्रिटमा हिँडिरहेका विद्यार्थीहरूमाथि आक्रमण भएको जनाएको छ। त्यसपछि तिनीहरूले एक गोरो मानिस भेट्टाए जससँग ह्यान्डगन थियो। प्रहरीका अनुसार अभियुक्तले केही नबोली पेस्तोलबाट कम्तिमा चार गोली हानेर पैदलै भागेका थिए ।
अधिकारीहरुका अनुसार आक्रमणको कारण भने खुल्न सकेको छैन । अनुसन्धानका क्रममा भेटिएका प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ । पीडित विद्यार्थीका परिवारले गोली प्रहार गर्नेलाई कानुनी दायरामा नल्याएसम्म आराम नगर्ने बताएका छन् । यस्तो पीडा कुनै पनि परिवारले भोग्नु नहुने उनीहरूले बताए । पीडितमध्ये दुई जना अमेरिकी नागरिक छन् भने एक जना कानुनी निवासी छन् ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :