तेल अविव, इजरायल — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) इजरायल र सुदूरपश्चिमेली नेपाली समाज (FWNSI) इजरायलको संयुक्त आयोजनामा एक भव्य मैत्रीपूर्ण भलिबल खेल तथा पिकनिक कार्यक्रम हुन लागेको छ।
“नेपालीका लागि नेपाली” र “सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली” भन्ने मूल नारासहित आयोजना गरिएको यो कार्यक्रम रमाइलो, खेलकुद तथा सामाजिक उत्तरदायित्वको समिश्रण रहने आयोजकहरूले जनाएका छन्।
कार्यक्रम विवरण:
मिति: १८ जुन २०२५, बुधबार
समय: दिउँसो ३:०० बजेबाट
स्थान: यार्कोन पार्क, तेल अविव
कार्यक्रममा मैत्रीपूर्ण भलिबल खेल, सांस्कृतिक प्रस्तुति, रमाइलो पिकनिक, र विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको व्यवस्था गरिएको छ। सहभागीहरूले नेपालीपन झल्किने परिकारहरूसँगै भाइचारा र एकताको अनुभव पनि गर्ने अवसर पाउनेछन्।
आयोजकहरूका अनुसार, इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रमको सहकार्य र उत्साहपूर्ण सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
सम्पर्क:
अली मोहम्मद मिया (NRNA-NCC)
विनोद कुमार गुँरुङ (FWNSI)
आयोजक संस्थाहरूले सहभागीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन विशेष अनुरोध गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com