नेपाल इजरायल डट कम /
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसीसी) इजरायलले आफ्नो औपचारिक सदस्यता (पञ्जिकृत सदस्यता) आवेदन प्रक्रिया खुला गरेको छ। गत जुन १ तारिख अध्यक्ष श्रीकृष्ण भण्डारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकको निर्णय अनुसार २०२५ जुन ६ (शुक्रबार) देखि २०२५ जुलाई २२ सम्मको अवधिमा सदस्यता आवेदन खुला गरिएको छ।
एनआरएनए इजरायलका महासचिव अलि महम्मद मियाँद्वारा हस्ताक्षरित सूचना विज्ञप्ति अनुसार, सदस्यता लिने प्रक्रिया यसपटक प्रविधिमैत्री, पारदर्शी र व्यवस्थापित बनाउन अन्तर्राष्ट्रिय स्तरमै प्रयोगमा ल्याइएको एमआइएस प्रणाली (MIS System) को सुधारिएको संस्करणमार्फत हुनेछ।
सदस्यता शुल्क र भुक्तानी विधि:
पञ्जिकृत सदस्यता लिन चाहने इच्छुक व्यक्तिहरुले केवल २० शेकेल सदस्यता शुल्क तिर्नु पर्नेछ। भुक्तानीका लागि निम्न बैंक विवरण उपलब्ध गराइएको छः
Bank: Happoalim
Branch: 727
Account Number: 50048
Account Holder Name: Chitra Bahadur Karki
भुक्तानी गरेपछि प्राप्त भएको भौचर (receipt) सम्बन्धित सम्पर्क नम्बरमा पठाउनु पर्नेछ। यदि उक्त खातामा रकम जम्मा गर्न असहज भएमा इजरायलमा उपलब्ध सम्पर्क नम्बरहरूमार्फत समन्वय गरी नेपालस्थित बैंकमा सोही रकम बराबर नेपाली रुपैयाँमा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
सदस्यता आवेदन कसरी गर्ने?
इच्छुक व्यक्तिहरूले दुई माध्यमबाट सदस्यता आवेदन दिन सक्नेछन्ः
१. SMART NRNA App प्रयोग गरेर
Android प्रयोगकर्ताले Play Store मा
iPhone प्रयोगकर्ताले App Store मा
SMART NRNA टाइप गरी डाउनलोड गर्न सक्नेछन्।
२. वेबसाइटमार्फत
एनआरएनए इजरायलको आधिकारिक वेबसाइट: www.nrnaisrael.org
वा केन्द्रीय वेबसाइट: https://members.nrna.org/login
→ Country: Israel चयन गर्नुहोस्
→ आवश्यक निर्देशनहरू पछ्याउँदै आवेदन फर्म SUBMIT गर्न सकिन्छ।
साथै, इजरायलभित्रै एनआरएनए–एनसीसी इजरायलका पदाधिकारी, सदस्य वा विश्वासिलो प्रतिनिधिमार्फत Cash Payment गर्ने सुविधा पनि उपलब्ध छ।
आवेदन फारमका लागि आवश्यक कागजातहरू:
पासपोर्ट साइजको फोटो
पासपोर्ट वा आइडी (तौदाजुत) को प्रतिलिपी
भिसाको प्रतिलिपी
इजरायल प्रवेश गरेको कम्तिमा १८० दिन पुगेको प्रमाणपत्र वा पुरानो एनआरएनए कार्डको प्रतिलिपी
महत्वपूर्ण:
इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य हुनेछ।
यही इमेल र मोबाइल नम्बर नै युजर आइडीको रुपमा प्रयोग हुनेछ।
पासवर्ड तपाईं आफैँले सुरक्षित राख्नु पर्नेछ।
आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी तपाईंको इमेलमा प्राप्त हुनेछ।
सहयोग आवश्यक परेमा सम्पर्क गर्नुहोस्:
यदि कसैलाई अनलाइन आवेदन प्रणाली प्रयोग गर्न असहज लागेमा, निम्न नम्बर वा इमेलमा सम्पर्क गर्न सकिनेछः
📞 0586871258, 0509249393, 0552980465
📧 il.generalsecretary@nrna.org
गैर आवासीय नेपाली संघ इजरायलले सम्पूर्ण इजरायलवासी नेपाली समुदायलाई यस ऐतिहासिक अवसरमा सहभागी भई संस्थालाई थप सशक्त बनाउन हार्दिक आह्वान गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com