तेल अवीव, इजरायल
राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकहरुले इजरायलमा रहेका नेपाली नागरिकहरूसँग साक्षात्कार र संवादको शृङ्खला अन्तर्गत भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीले आफ्ना केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि राज्यबाट गरिएको अन्याय र राजनैतिक प्रतिशोधको विरोधमा आवाज उठाउने प्रयासस्वरूप यो कार्यक्रम तय गरेको हो।
पार्टीका अनुसार, जुलाई ११, २०२५, शुक्रबार, बेलुकी ४:०० बजेदेखि लेविन्सिक पार्क, तेल अवीवमा हुने उक्त कार्यक्रममा आपसी भेटघाट, संगठन निर्माणका लागि सुझाव संकलन र रवि लामिछानेमाथिको अन्यायको विरोधमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने बताईएको छ ।
हामी विश्वस्त छौं, संगठन बलियो नभएसम्म जनताको आवाज पनि बलियो हुँदैन। इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग सुझाव, सहयोग र ऐक्यबद्धता लिँदै अगाडि बढ्नु हाम्रो उद्देश्य हो,” आयोजकले बताए।
पार्टीका शुभेच्छुक र घण्टी चिन्हप्रेमीहरूप्रति विशेष अनुरोध गर्दै आयोजकले थपे, तपाईंको एक उपस्थिति, हाम्रो साझा अभियानको बलियो कडी हुनेछ । कार्यक्रम प्रवासमा रहेका नेपालीहरूमाझ राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको विश्वास र समर्थनलाई थप मजबुत बनाउने अपेक्षा गरिदै हरेक हप्ता शुक्रबार उक्त समयमा र सोही स्थानमा लगातार गरिदै लगिने बताईएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com