प्रवासी नेपाली मञ्च इजरायल, नेकपा (एमाले) सम्बद्ध प्रवास संगठनको ९ औं स्थापना दिवसको पावन अवसरमा यहि मिति २०२५ मेइ १६ /१७ गते शुभकामना आदन प्रदान तथा क्याम्पिन टुरको आयोजना गर्न गैरहेको जानकारी संस्थाका सचिव रमेश जोशीले दिनु भएको छ । उहाँका अनुसार स्थापना दिवस केवल उत्सव मात्र नभई संगठनको इतिहास, योगदान र भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो।
यस विशेष अवसरमा आयोजित “शुभकामना तथा क्याम्पियन टुर” कार्यक्रमले आपसी भाइचारा, संगठनात्मक एकता र सामूहिक ऊर्जा अभिवृद्धि गर्ने विश्वास लिएको छ। परिश्रमका बीच पनि समाजप्रति कर्तव्यबोध राख्ने प्रवासी नेपालीहरूलाई एक ठाउँमा ल्याउने प्रयास यो कार्यक्रमले गर्नेछ।
मञ्चले विगतका उपलब्धिहरूलाई सम्मान गर्दै आगामी दिनहरूमा अझ सशक्त संगठन निर्माण गर्ने लक्ष्य लिएको छ। राष्ट्र र प्रवास दुबै स्थानमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले अघि बढिरहेको मञ्चप्रति सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ।
प्रवासी नेपाली मञ्च इजरायल
९ औं स्थापना दिवस–२०८२ (२०२५)
जम्मा हुने स्थान – लेविन्स्की पार्क तेल अभिव
बस छुट्ने समय : ३ बजे
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com