सुशील श्रेष्ठ, जेरुसलेम
कुनै समय थियो अरे काठमाडौँ उपत्यका जस्तै इतिहास बोकेको UNESCO World Heritage मा समावेश भएको यस जेरुसलेम सहरको, जुन सहरहरूको इतिहास हजारौँ वर्षको छ । उनीहरूसित पनि सडक चौडा पार्ने अथवा विकल्प खोज्ने बाध्यात्मक अवस्था थियो रे ।
सडक चौडा पार्दा हजारौँ वर्ष इतिहास बोकेको सहरका धार्मिक सांस्कृतिक र भौतिक संरचना भत्काउन पर्ने बाध्यता थियो अरे। अस्तव्यस्त ट्राफिक जाम ( यही रुट मात्रै नभै पुरै सहरको ), इन्धनको ओभर खपत( पर लिटर पाँच किमी हुँदा पनि एक किमी यात्रा गर्न दुई लिटर इन्धनको खर्च) , धुवा धुलो ( यो सडकमा दैनिक हजारौँ गाडी कुद्नुपर्ने जसको कारण धुलो र गाडीको धुवाले वायु प्रदूषण ), ध्वनी प्रदूषण (हर्न , मान्छेको भिडभाड) , समयको चुहावट (दैनिक करिब करिब दुई लाख व्यक्तिको करिब तिन देखि चार घण्टा खेर जान्थ्यो अरे) लगायत धेरै समस्या ।
नाफा कमाउने उद्देश्यले राज्य लगानी समस्या नगरेको तर उल्लेखित लगायत समस्याको समाधानको निम्ति इलेक्ट्रिक लाइट ट्रेन मात्रै सेवाको निम्ति तत्कालीन मेयरले दोस्रो विकल्प रोज्ने निर्णय गरे अरे ।
यस सहरले अब्राहमिक समाज ( यहुदी कृष्चियन र मुस्लिम) को संस्कृति बोकेको र यहाँको प्रकृति पनि जोगाउनु पर्ने भएकोले सहरको इतिहास जोगाउनुको निम्ति विनाश नगरी कसरी विकास गर्न सकिन्छ विकास गर्दा सहरको मौलिकता कसरी जगेर्ना गरी प्रवर्धन र संवर्द्धन गर्न सकिन्छ भनी विज्ञको सुझाव लिँदा नाफा नभएपनि अप्रत्यक्ष फाइदा नै नाफा सोची लाइट ट्रेन हाल्नुपर्ने , सहरको मौलिकता जोगाउन घर यहीँको ढुङ्गाले सजाउनुपर्ने ( यो सहर ढुङामाथि अवस्थित छ) रङ्गरोगन गर्न नपाइने पाँच तल्ला भन्दा सानो घर बनाउन नपाइने, सहरका बाहिरी भागमा अस्पताल, युनिभर्सिटी ,सपिङ मलहरू खेलकुद मैदान कमर्सियल बिल्डिङ सरकारी संरचनाहरू बनाउनु पर्ने सुझाव दिए अरे ।
सोही सुझावको आधारशिला मानी तत्कालीन मेयरले सोही निर्णय गरी लाइट ट्रेन बनाउने निर्णय गरे अरे । आज त्यही सङ्घीय सरकारले पनि सो निर्णयको आधारमा Tel aviv र जेरुसलेमको ओभर पपुलेसन हुन नदिन र पपुलेसनको टाइम म्यानेजमेन्टको निम्ति modin city दुई सहरको बिचमा अत्याधुनिक स्मार्ट ग्र्याण्ड सिटी निर्माण गर्दै छन् । यसर्थ इजरायल आफ्नो संस्कृति र प्रकृतिको जगेर्ना गरी संसारकै पर्यटकको आकर्षक केन्द्रबिन्दु बनेको छ ।
संसारमा चार वटा सहर महत्त्वपूर्ण रहेछन । हिन्दु सभ्यता भित्रका किरात (शैव) बौद्ध जैन वैष्णव शाक्तको निम्ति काठमाडौँ , यहुदी सभ्यताको निम्ति जेरुसलेम, मुस्लिम सभ्यताको निम्ति मक्का र कृश्चियन सभ्यताको निम्ति भ्याटिकन सिटी । काठमाडौँ पनि नन अब्राहामिक धर्म संस्कृतिको केन्द्र बिन्दु हो, जुन सहरको हजारौँ वर्ष इतिहास छ, आफ्नो धर्म संस्कृति छ, आफ्नो प्रकृति छ । यी तिन कुराको जगेर्ना गर्दै प्रवर्धन र संवर्द्धन गरी काठमाडौँ उपत्यकाको मौलिकता फर्काउन सकेमा विश्वका पर्यटकको निम्ति आकर्षक गन्तव्य बन्न सक्छ ।
विकास, राजनीति र समसामयिक विषयमा रुची राख्ने सुशील श्रेष्ठ हाल जेरुसलेम इजरायलमा कार्यरत छन ।