रमेश जोशी
नयनको झिल्काले पोल्यो मलाई,
तेजस्वी तस्बिरले ढाल्यो मलाइ ।
ओठका कुरा त मौन थिए सधैँ,
हेराइको भाषाले खोल्यो मलाई।
सुगन्ध तिमी हिँड्दा बग्छ हावा,
फूलभन्दा बढी डोल्यो मलाई।
कसम यो हात समाउँदा तिमिले
समय आफैले रोक्यो मलाई।
तिमी नजिक हुँदा लाग्छ यस्तो,
धड्कन पनि सन्देश झैँ ठोक्यो मलाई।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।















