इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बन्धकहरूको रिहाइका लागि सहमति भएको जानकारी दिएको छ।
हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तन गर्न खोजेको आरोप लगाउँदै नेतान्याहु मन्त्रिपरिषद्बाट गाजा युद्धविराम सम्झौता अनुमोदन प्रक्रियामा ढिलाइ भएको थियो। नेतान्याहुको कार्यालयका अनुसार वार्ता टोलीले युद्धविराम सम्झौतामा सहमति भएको जानकारी गराएको छ।
प्रधानमन्त्रीको कार्यालयले सम्झौता अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बोलाउन आदेश दिएको छ। सम्झौता स्वीकृत भएपछि यसबारे पहिलो चरणमा छुट्ने बन्धकका परिवारलाई जानकारी दिइएको छ।
इजरायली मिडियाका अनुसार इजरायल, हमास, अमेरिका, र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिका र कतारले यसबारे पहिलो जानकारी बुधवार नै दिएका थिए।
सहमति हुदै गर्दा IDF को विशेष अपरेसन
महिनौं लामो वार्तापछि युद्धविराम सम्झौतामा सहमति जनाएका हुन्।यो सम्झौता आइतवारदेखि लागू हुदै गर्दा विशेष अपरेसन संचालन गरिनै रहेको थियो। युद्धविराम सम्झौता घोषणा भएयता इजरायली आक्रमणमा परेर गाजामा ८०जना भन्दा बढीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसै क्रममा शुक्रबार इजरायली रक्षा बल (IDF) को विशेष अपरेसनका क्रममा गाजामा हमासका आतंककारी समुहमध्येका एक प्रमुख मोहम्मद हाशम जाहेदी अबु अल–रुस मारिएका छन । उनले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा छिरेर नोभा म्युजिक फेस्टिभलमा भएको भयावह हत्याकाण्डमा सक्रिय भूमिका खेलेर नेतृत्व गरेका थिए । योसंगै इजरायलले अक्टोबर ७ नरसंहारमा सहभागी अधिकांश हमास आतंककारीहरुलाई सिध्याएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दा १,२०० जना मारिएका थिए। जवाफी आक्रमणमा इजरायलले गाजामा कारबाही सुरु गरेको थियो। हमासले त्यही समयमा २५१ जनालाई बन्धक बनाएको थियो, जसमा नेपालका विपिन जोशी पनि रहेका छन।
गाजामा भएको इजरायली आक्रमणमा परेर ४६,७०० भन्दा बढीको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायल–हमास युद्धविराम: पहिलो चरणमा रिहा गरिने बन्धकहरूको नाम सार्वजनिक
गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा रिहा गरिने बन्धकहरूको नाम सार्वजनिक भएको छ। इजरायली पक्षले गाजाबाट बन्धक बनाइएका ३३ व्यक्तिलाई रिहा गर्न सहमति जनाएको हो। रिहाइ हुने व्यक्तिहरूको सूचीमा विभिन्न उमेरका नागरिकहरू रहेका छन्।
रिहा गरिने बन्धकहरूको सूची (उमेरसहित):
-
- रोमी गोनेन (24)
- एमिली डामारी (28)
- आर्बेल यहुद (29)
- डोरोन स्टाइनब्रेचर (31)
- एरियल बिबास (5)
- कफिर बिबास (1)
- शिरी बिबास (33)
- यार्डेन बिबास (35)
- लिरी आल्बाग (19)
- करिना आरिएभ (20)
- अगम बर्गर (20)
- डानिएला गिल्बोआ (20)
- नामालिवी (20)
- ओहाद बेन अमी (56)
- गाडी मोसे मोजेस (80)
- कीथ सामुएल सिगेल (65)
- ओफर काल्डेरोन (54)
- एली शाराबी (52)
- इट्जाक एल्गाराट (69)
- श्लोमो मान्त्जुर (86)
- ओहाद याहलोमी (50)
- ओदेद लिफ्सित्ज (84)
- तसाची इदान (50)
- हिशाम अल-सयेद (36 – सन् 2015 देखि अपहरणमा)
- सगुई डेकेल चेन (36)
- इयार होर्न (46)
- ओमर वेन्कर्ट (23)
- अलेक्ज्याण्डर साशा ट्रौफानोभ (29)
- एलिया कोहेन (27)
- ओर लेवी (34)
- अवेरा मङ्गिस्तु (38 – सन् 2014 देखि अपहरणमा)
- ताल शोहम (40)
- ओमर शेम तोभ (22)
यस सूचीमा विशेष गरी सन् २०१४ र २०१५ देखि अपहरणमा रहेका दुईजना नागरिक, अवेरा मङ्गिस्तु र हिशाम अल–सयेदको नाम समावेश छ, जसले यो रिहाइलाई ऐतिहासिक बनाएको छ। यद्यपी छुट्ने भनिएका यी बन्धकहरुमा कति जीवित छन् कति मृतक हुन् भन्ने प्रष्ट खुलाइएको छैन । केही बन्धकको मृत्यु भैसकेको हुन सक्ने इजरायली संचार मध्यमहरुले जनाएका छन ।
सम्झौता र रिहाइ प्रक्रिया
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअनुसार पहिलो चरणमा यी व्यक्तिहरूलाई आगामी आइतवार रिहा गरिने छ। रिहाइको प्रक्रिया अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको निगरानीमा हुनेछ।
इजरायली अधिकारीहरूले रिहाइका लागि कूटनीतिक र मानवीय प्रयासलाई धन्यवाद दिएका छन्। युद्धविरामसँगै बन्धकहरूको जीवन रक्षा हुने आशा गरिएको छ।
पृष्ठभूमि
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि बन्धक बनाइएका थुप्रै व्यक्तिहरूको नाम यसअघि सार्वजनिक गरिएको थिएन। यो रिहाइ प्रक्रिया संघर्षबाट प्रभावित परिवारहरूको लागि ठूलो राहत हुने अनुमान गरिएको छ।
यो सम्झौताले गाजा क्षेत्रको द्वन्द्व समाधानतर्फ नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस
विपिन जोशी लगायत अन्य बन्धकहरुको रिहाइको माग गर्दै प्रदर्शन, नेपाली राजदूतको विशेष पहल
‘विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनु हुन्छ’: परराष्ट्र मन्त्री राणा
नेपालका राजदूत प्रा. धनप्रसाद पण्डितद्वारा इजराइलका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com